साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ ।
साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।
दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए ।
‘कम्पनीमा चुहिएको ग्याँसलाई नष्ट गर्दा सुरक्षित कोठामा बस्नुपर्थ्यो । त्यसो नगरी गाडी भित्रै एसी लगाएर सुत्नुभएछ,’ कम्पनीमा कार्यरत एक नेपालीले भने, ‘विपरीत दिशाबाट आएको हावा उहाँहरु सुतेकौ तिर आएछ । एसीले त्यही बिषाक्त हावा लिदा उहाँहरु बित्नुभयो ।’ दुवै जना उक्त कम्पनीमा चालक थिए ।
बिहानको तीन बजे सेफ्टी अफिसर फर्किदा दुवैलाई गाडी बाहिर बेहोस अवस्थामा फेला पारेका थिए ।
इदको बिदा परेकाले कम्पनीले नेपाली दूतावासलाई घटना विवरणबारे विस्तृतरुपमा जानकारी गराएको छैन् ।
डा. बाबुराम भट्टराईको शल्यक्रिया: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।शुक्रबार दिउँसो डा. भट्…Read More
जिसस लमजुङमा एमाले निर्विरोध श्रावण २०, २०७४- जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको समूह निर्विरोध निर्वाचित भएको छ । उक्त समूहमा एक सदस्य माओवादी केन्द्रका प्रतिनिधि छन् ।९ स…Read More