३ सय २ दिनपछि बालुवाटार छोड्दै प्रचण्ड

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २४ जेठ– निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री छोड्दैछन् । प्रधानमन्त्री निर्वाचित भएको १० महिना २ दिन पछि प्रचण्डले आज बालुवाटार छोड्न लागेका हुन् ।

गत वर्ष साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएसँगै २२ गते प्रचण्ड बालुवाटार सरेका थिए । बालुवाटार छाडेर उनी लाजिम्पाटस्थित निजी निवासमा सर्न लागेका हुन् ।

४० औं प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा मंगलबार संसदबाट निर्वाचित भएसँगै अब देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने छन् ।

दिउँसो पौने २ बजे शितलनिवासमा आयोजना हुने प्रधानमन्त्रीको शपथग्रहण समहारोमा गएपछि प्रचण्ड बालुटार फर्कने छैनन् ।

Related Posts: