लोडसेडिङ हटाएर ‘हाइ-हाइ’ पाएका जनार्दन शर्माले जाँदा-जाँदै गरे यस्तो ‘राष्ट्रघाती काम’ !

भिडियो सहित हेर्नुहोस !
Advertisement


प्रचण्ड नेतृत्वको सरकारमा उर्जा मन्त्रालय सम्हालेका जनार्दन शर्माले जाँदा जाँदै नीतिगत भ्रष्टाचार गरेका छन् । उनले पश्चिम कर्णालीका दुई ठूला जलविद्युत आयोजना तीला १ र तिला २ को पावर पर्चेज एग्रीमेन्ट(पीपीए) अमेरिकी डलरमा गराएर यस्तो भ्रष्टाचार गरेका हुन् । प्राधिकरणले सोमबार तिला १ र तिला २ को पीपीए डलरमा गर्ने निर्णय गरेको हो । डलरमा पीपीए गर्दा बार्षिक ५ अर्ब रुपैयाँ घाटा हुने भएपनि उनले जाँदा-जाँदै यस्तो राष्ट्रघाती निर्णय गरेका हुन् ।


‘लोडसेडिङ हटाएर हाइहाइ पाएपछि अरु कुरा खासै कसैलेपनि वास्ता गर्दैन भन्ने शैलीमा जाने बेलामा मन्त्रीबाट गलत काम भएको छ । आफ्नो पालामा लोडसेडिङ हटाएको र आफु हटेपछि जेसुकै होस् भन्ने शैलीमा उंलेनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यो पीपीए गर्न लगाएर उनलाईपनि फसाएका छन् ।’ उर्जा मन्त्रालयका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।

४४० मेघावाटको तिला १ र ४२० मेघावाटको तिला २ को पीपी गर्दा शर्माले मोटो रकम चलखेल गरेको समेत मन्त्रालयका उच्च अधिकारीहरुको आरोप छ । ‘मन्त्रीले निकै राम्रो काम गरेका थिए । तर सरकार ढलेपछि काम चलाउका हैसियतले उनले निकै ठुलो राष्ट्रघात गरे ।’ उनी अगाडी भन्छन्, ‘नेपालमा तिला १ र २ को बीचौलियाको काम प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हरिश्चन्द्र शाहले गर्दैआएका छन् । उनले मन्त्रीलाई समेत यस विषयमा ‘कन्भिन्स ‘गर्न सकेपछि उक्त पीपीए भएको हो । प्राधिकरणले २० वर्षअघि अमेरिकी डलरमा पीपीए गरेको खिम्ती र भोटेकोसीका कारणमात्र वर्षको पाँच अर्ब रुपैयाँ घाटा पर्दै आएको छ । अव देशलाई थप घाटा बनाउने काम भएको छ ।’

Related Posts: