सम्मेलनमा चलचित्र ‘विरङ्गना’को घोषणा भयो, जसमा शिल्पा शसस्त्र प्रहरीको भूमिकामा देखिदैछिन् । फोर्थ आइ मुभिजले निर्माण गर्न लागेको यो चलचित्रमा नयाँदेखि पुराना कलाकारलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् ।
माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित थिए । नेपालको सिमा क्षेत्रमा हुने गरेको अवैधानिक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि नेपाली नारीहरुले देखाउने विरताको कथामा यो चलचित्र बन्नेछ ।
चलचित्रमा शिल्पाको अलवा अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको निर्देशन राज बहादुर सानेले गर्दैछन् ।
चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछ । निर्देशक राज बहादुर सानेले नै लेखेको फिल्मलाई हरि घले लामाले खिच्नेछन् । चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, श्री श्रेष्ठको एक्शन, कबिराज गहतराजको कोरियोग्राफि रहनेछ । चलचित्रका कार्यकारी निर्माता किशोर झा हुन् ।
कमल थापासहित चार मन्त्रीले लिए शपथ आश्विन २८, २०७४-उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका चार मन्त्रीले शपथ लिएका छन् । शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा थापासहित …Read More