निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धतामा शीर्ष नेताको हस्ताक्षर

भिडियो सहित हेर्नुहोस !
Advertisement




वैशाख २७, २०७४- निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन आचार संहिताको अक्षरस पालना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै दलका शीर्ष नेताहरुलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएका छन् ।

प्रमुख दलका शीर्ष नेताहरुसहित निर्वाचन आयोगमा भएको छलफल प्रमुख आयुक्त यादवले सबै पार्टीका उम्मेदवारहरुले आचारसंहिताको पालना गरे मात्रै निर्वाचन गर्न सहज हुने बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री दाहालसँगै, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवास नेम्वाङ, नयाँ शक्ति संयोजक बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजय गच्छदार लगायतका नेताहरुको उपस्थिति थियो ।

नयाँ शक्ति नेपालका संयोजक भट्टराईले दुवै निर्वाचनको मतगणना एकैपटक गर्नुपर्ने मागलाई प्रमुख आयुक्तले सम्बोधन गर्दै एक महिनासम्म मतपेटिका राख्न नमिल्ने भएकाले छुट्टा छुट्टै गनिने बताएका थिए ।

यस्तै एमाले नेताले दोलखाको चरिकोटमा माओवादी कार्यकर्ताले आफ्ना कार्यकर्ताको हत्या गरेकोले त्यसको छानबिन गर्नुपर्ने माग गरेका थिए । नेम्वाङको मागलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगले उक्त घटनाको सम्वेदनशील भएर अनुसन्धान गरिरहेको र रिपोर्ट आएपछि कारबाही गरिने बताए ।

प्रमुख आयुक्तले सबै दल तथा कार्यकर्ताले निर्वाचन आचारसंहिताको पालना गरे मात्रै दु:खद घटनाहरु नघट्ने र उम्मेदवारहरुलाई सुरक्षा दिन पनि सहज हुने बताएका थिए ।


Related Posts: