२०६९ साल भदौमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकको रुपमा प्रवेश गरेकी घिसिङ हालै मात्रै प्रहरी निरीक्षक बनेकी हुन् । उनको दरबन्दी प्रहरी केन्द्रीय कार्यालयमा तोकिएको छ ।
२०४६ साल भदौ १५ गते बुवा गणेशमान घिसिङ र आमा मकुमाया घिसिङ कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी घिसिङले अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुका साथै कानुनमा स्नात्तक उतीर्ण गरेकी छन् ।
नेपाल प्रहरीको सेवामा प्र्रवेश गर्नुअघि उनी अध्यापन पेशामा थिइन् । कालीदेवी आधारभूत विद्यालयमा अध्यापन पेशामा कार्यरत उनले त्यहाँ ५ वर्ष अध्यापन गरिन् । त्यसपछि २२ वर्षको उमेरबाट उनी नेपाल प्रहरीमा सेवामा प्रवेश गरेकी हुन् ।
स्थानीय जनता प्राथमिक विद्यालय र कालीदेवी प्राविबाट प्राथमिक शिक्षा लिएकी उनले बालविकास माध्यमिक विद्यालयबाट निम्न माध्यमिक तह र जनविकास माध्यमिक विद्यालय ताल्ढुंगाबाट माध्यमिक तहसम्मको शिक्षा लिइन् । र उनले २०६२ सालमा जनविकासबाट एसएलसी परीक्षा दिएकी हुन् ।
प्रहरी सेवामार्फत जनताको सेवामा समर्पित हुन् उनको बाल्यकालदेखिकै रुचि हो । उनी भन्छन्, ‘सानैदेखि प्रहरी सेवामार्फत जनमुखी काम गर्ने मेरो रुचि र उद्देश्य दुवै थियो, म त्यही उद्देश्यअनुरुप प्रहरी सेवामा प्रवेश गरेकी हुँ’
आफू प्रहरी सेवामा प्रवेश गर्ने प्रेरणा भने दाई दावा घिसिङबाट प्राप्त भएको उनी बताउँछिन् ।
दाई दावाको बारम्बारको प्रेरणाका कारण आफू प्रहरी सेवामा उद्देश्य अनुसार प्रवेश गर्न सफल भएको उनको भनाई छ ।
महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा सहायक प्रहरी निरीक्षकको रुपमा काम गर्दै अनुभव हासिल गरेकी उनी हाल प्रहरी निरीक्षकको रुपमा प्रहरी हेडक्वार्टर प्रवेश गरेकी छिन् ।
प्रहरीमाथिको आरोप र आक्षेपहरु निर्मुल गर्दै नेपाल प्रहरीलाई जनमुखी सेवातिर अग्रसर गराउनका निम्ति आफू निरन्तर लागि पर्ने उनको प्रतिबद्धता छ ।
प्रहरी निरीक्षक बनेसँगै आफूलाई गर्व लाग्नुका साथै जिम्मेवारी बढेको महसुस भएको बताउने उनै घिसिङ परिस्थितीले आफू जहाँ पु¥याए पनि खुसी रहने बताउँछिन्
नेपाल आइडलको पहिलो कन्सर्ट आश्विन १, २०७४-म्युजिक रियालिटी सो ‘नेपाल आइडल’ को पहिलो कन्सर्ट शनिबार सम्पन्न भयो । सैनिक मञ्च टुँडिखेलमा भएको कन्सर्टमा सोका टप थ्री प्रतियोगीले प्…Read More