काठमाडौं । नेपाल प्रहरी विद्यालयमा अध्ययनरत कुन्दन थापाको चैत १६ गते विद्यालयमै रहस्यमय मृत्यु भएको थियो । १४ वर्षीय कुन्दन प्रहरी विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।
एक केटीसाथीको अश्लिल सामाग्री फेसबुकमा पोष्ट गरेको उजुरी विद्यालयमा परको भन्दै बिदाको दिन उनलाई विद्यालयमा बोलाइएको थियो । तर अपरान्हमात्रै विद्यालयले थापाले आत्महत्या गरेको भन्ने परिवारलाई जानकारी गराएको थियो । अहिले पनि थापाका परिवार आन्दोलनमै छन् ।
यस बिषयमा हामीले डिआइजी बमबहादुर भण्डारीसँग कुरा गरेका थियौँ । भण्डारीले घटनाको छानबिन गर्न छानबिन समिति बनाएर छानबिन सुरु भएको बताए ।
तर घटनाको २ साता बितिसक्दा पनि छानबिनको प्रतिवेदन आएको छैन । भण्डारीले छानबिनका लागि एक सातामा कम भएकाले थप एक साता म्याद थपिएको बताए ।
कुन्दनको बिषयमा सामाजिक सञ्जालका समूहमा आबद्व प्रयोगकर्ताहरुले समेत धर्ना दिइरहेका छन् । साथै हाम्रो कार्यालयमै आएर घटनाको छानबिन र सत्यतथ्यको लागि सहयोग गर्न आग्रह गरेका छन् ।