नेपाली चेली इराक पुर्याउने अर्का दलाल राजेन्द्र विष्ट यिनै हुन् !

भिडियो सहित हेर्नुहोस !
Advertisement




दलालहरुले वेचेर ईराक पु¥याइएकी कविता तामाङलाई बेच्ने एक दालाल राजेन्द्र विष्टको बारेमा पनि पत्ता लागेको छ । विष्टको घर सिन्धुपाल्चोक वरुवा गाविस वाड नम्वर ८ हो ।

विष्टको परिवार अहिले जोरपाटिमा वस्दै आएको छ । दुवईमा वसी ईराक जस्ता मुलुकहरुमा महिलाका लागि डिमाण्ड बुझ्ने र नेपाली चलीहरुलाई त्यहाँ पु¥याउने एक प्रमुख पात्र राजेन्द्र विष्ट हो । हामीलाई हाम्रा दर्शहरुले विष्टका वारे जानकारी दिएपछि हामीले विष्टको फोटो कविता तामाङलाई देखायौ । कविताले आफुलाई वेच्नेको अनुहार विर्सने कुरै भएन ।


कविता तामाङलाई ईराक पु¥याउने मात्र होईन नेपाल फर्कदा पनि मिडियामा नजानु अनि लाटा भनेर चिनिने साङदेन लामालाई केही नगर्नु भनि सिकाउने राजेन्द्र विष्टनै हो ।

हाम्रा दर्शकले विष्ट वारे सवै जानकारी दिए, विष्टले चलाउदै आएको राजनरोज ट्राभलको फेसवुक पेजबाट फोटोहरु पनि पठाए । त्यसपछि हामीले बुधवार उक्त फेसवुक पेज खोज्दा उक्त पेजनै हटाईएको थियो । तर विहिवार पुन उक्त पोल खोलियो, तर रोजेन्द्र विष्टका सवै फोटोहरु त्यहाबाट हटाई सकेको थियो । विष्टले राजनरोज ट्राभल एण्ड टुर चलाउदा रहेछन् ।

हामीले नेपाली चेलीहरु ईराक पु¥याउन लाटा भनेर चिनिने रसुवाका साङदेन लामा, विदेश जाने चलीहरुको डकुमेन्ट मिलाउने राजेश विष्ट र दुवईबाट ईराक पु¥याउने राजेन्द्र विष्ट सम्मलाई देखायौ । राजेश विष्ट र राजेन्द्र विष्ट दाजु भाई हुन् ।

Related Posts: