‘दुबई भनेर ओमान पुर्‍याए, नेपाल झिकाउन ढिलो भयो भने मलाई मालिकले मार्न सक्छ

भिडियो सहित हेर्नुहोस !
Advertisement
सिन्धुपाल्चोकको गोल्चेकी स्याङमो लामाको १८ वर्षमै बिहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि उहाँका श्रीमान् पनि । बिहे त गर्नुभयो तर त्यसपछि थपिएको जिम्मेवारी पूरा गर्न दुवै जनालाई सकस पर्‍यो ।
त्यसैले साङ्मो आफैंले विदेश जाने कुरा गर्नुभयो परिवारसँग । उहाँ एजेण्टमार्फत मलेसिया जानुभयो । २०७० सालमा मलेसिया गएकी साङमोले दुई वर्षको करार अवधी सकेपछि घरमा ससुराको निधन भयो । त्यसैले उहाँ गएको असारमा घर फर्किनुभयो ।
नेपाल फर्किएर पनि व्यवहार चल्दैनथ्यो । कमाउने कुनै माध्यम थिएन । त्यसैले उहाँले फेरि विदेश नै जाने तयारीमा हुनुहुन्थ्यो । उहाँलाई जेठी सासुले जाने भए आफ्नो श्रीमानलाई पठाउने व्यक्तिलाई भनिदिने बताइन् । उहाँले पनि आफन्तले चिनिरहेको भएपछि अप्ठ्यारो नहोला भन्ने सोचेर हुन्छ भन्नुभयो ।
सिन्धुलीका बताउने ती एजेण्टले उहाँलाई दुवई पठाउने बताए । एजेण्टलाई उहाँले भेट्नुभयो तर दुवई जाने भन्ने थाहा पाएका परिवारका अरु सदस्यले एजेण्टलाई देखेनन् । उहाँले एजेण्टले भने अनुसार सबै प्रक्रिया पूरा गर्नुभयो । उहाँलाई गएको कात्तिक ८ गते एजेण्ट आफैंले उडाउन आए । उनले घरेलु काममा पठाउन लागेका रहेछन् तर साङमोलाई चाहिँ कम्पनीमा भनेको थियो । झुठो बोलेको लुकाउन एजेण्टले दुई वटा सम्झौता पत्र दियो । ‘एउटा विमानस्थलमा च्यात्न लगाएछ अनि अर्को चाहिँ उहाँ देखाउनु भनेछ त्यो पनि हामीले पछि मात्रै थाहा पायौं’ साङमोका दाइ सुब्बा लामा भन्नुुहुन्छ ।
साङमोले कात्तिक ९ गते दुवई पुगें भनेर फोन पनि गर्नुभयो । त्यतिबेला उहाँले अब दुई दिनमा काम गर्न थालेपछि फोन गर्छु भन्नुभएको थियो । दुई दिन होइन ७ दिनपछि फोन त आयो तर खबर साङमोले दुई दिन अघि भने जस्तो आएन । उहाँले आफूलाई दुवईबाट ओमान लान लागेको भन्नुभयो । ‘किन के का लागि लान लागेको हो भन्ने हामीलाई केही थाहा भएन’ साङमोका दाई सुब्बा लामा भन्नुुहुन्छ ।
त्यसको केही दिन फोन आएन । १० दिनपछि फोन गर्दा साङमोले आफूलाई साहुनीले अत्याचार गरेको भन्दै तत्काल उद्धार गर्नुभयो दाइ सुब्बासँग । ‘उसले फोन गर्दा साहुनीले मलाई कुट्छे त्यसैले छिटो यहाँबाट निकालिहाल्नु भनि’ सुब्बा भन्नुहुन्छ ।
बहिनीको यस्तो फोन आएपछि काठमाडौंमा बस्ने दाइसँगै उहाँको परिवारका सबैको होस हराए जस्तै भएको छ । बहिनीको फोन पछि उहाँले एजेण्टसँग कुरा गर्नुभयो । एजेण्टले सुरु नै देखि केही नहुने आफूले सबै कुरा मिलाउने आश्वासन दिए । तर त्यसो भन्न थालेको ६ महिना पुग्न लाग्दा पनि साङमोलाई घर फर्काउन सकिएको छैन ।दूतावासका कर्मचारीले भने – २ लाख ४० दिने हो भने फर्काइदिन्छौं

महिनौं भइसक्दा पनि एजेण्टले भनेका कुरा पूरा नभएपछि उहाँले फोन गरिरहनुभयो । केही महिना अघि मात्रै एजेण्टले उहाँलाई दूतावासको नम्बर दिए । सुब्बाले त्यही फोन गरेर दुवई गएकी बहिनी ओमान पुग्नुको कारण सोध्नुभयो । त्यतिबेला पाएको जवाफ सुनाउँदै सुब्बाले भन्नुभयो ‘उ साथीहरुसँग जान लागेको भनेर गकी हो भने मैले किन जान दिएको भन्दा त्यसको जवाफ दिएनन् ।’
तर त्यसपछि ती कर्मचारीले गरेको कुराले भने सुब्बाको मन दुःखेको छ । दूतावासका कर्मचारी बताउने ती व्यक्तिले २ लाख ४० हजार रुपैयाँ पठाइदिए साङमोलाई नेपाल फर्काइदिने बताएका छन् । ‘मैले उनका कुरा सुनेपछि तपाईंहरु नेपालीको सहयोग गर्न बस्नुभएको किन पैसा माग्नुहुन्छ त्यति सहयोग गरेर पठाइदिनु न भनेपछि फोन काटे’ सुब्बाले सुनाउनुभयो ।
साहुनीले पनि धेरै फोन गरिस् भने मारदिन्छु भनी
त्यसपछि उहाँले एजेण्टसँग साहुनीको नम्बर मागेर आफैं फोन गर्नुभयो । साङमोसँग साहुनीले आफूले दिने तलब अनि सुविधा दिइरहेको भन्दै फोन नगर्न धम्की दिइन् । ‘यही फोन गरेर टेन्सन दिस भने मारदिन्छु भनि त्यसपछि त झनै डर लागेको छ ’ सुब्बा भन्नुहुन्छ । त्यसैले अहिले उहाँले साहुनीलाई फोन गर्नुभएको छैन ।
उहाँसहित साङमोको परिवार अहिले उहाँलाई घर फर्काइदिन सरकार अनि संस्थाले सहयोग गर्छन् भन्ने आशामा छन् ।



Related Posts: