यसकारण क्याट्रिनालाई भुल्न सकेनन् सलमानले ,

भिडियो सहित हेर्नुहोस !
Advertisement


एक समय थियो, क्याट्रिना कैफले बलिउडका एकसे एक हस्ती मानिने तीन खान आमिर–सलमान–शाहरुखसँग फिल्म खेलेकी थिइन् । जबकि अन्य कुनै अभिनेत्रीलाई कुनै एउटा खानको फिल्ममा मात्रै मौका पाउनु पनि ठूलो कुरा हुन्थ्यो । तर, क्याट्रिना तीनै खानको रोजाइमा परेकी थिइन् । २०१२–१३ मा उनले सलमानसँग ‘एक था टाइगर’, शाहरुखसँग ‘जब तक है जान’ र आमिरसँग ‘धूम ३’मा धमाका दिइन् । ती दिन क्याट्रिनाका सुनौला दिन थिए । समकालीन अभिनेत्रीबीच उनले छिटो फड्को मारिन् ।
यही बीचमा उनलाई प्रेम रोगले सतायो । तर, केही वर्षमै उनले सलमानसँगको अफेयर तोडिन् । उनी रणवीर कपुरसँग दिल जोड्न पुगिन् । उनीहरू छुट्टिएको र फेरि जोडिएको भन्ने खबर आइरहन्छन् । सम्बन्ध जे जस्तो छ, कुरा उनै दुईलाई थाहा होला । यो बीचमा सलमान क्याट्रिनासँग निराश पनि भए । तर, क्याट्रिनालाई बिर्सिन सकेनन् ।आफैँले बलिउडमा गतिलो उपस्थिति दिलाएकी क्याट्रिनालाई सलमानले ‘टाइगर जिन्दा है’मा ल्याए । एक था टाइगरको सिक्वेल यो फिल्म यसै वर्षको अन्तिममा रिलिज हुँदै छ । यो बीचमा क्याट्रिनालाई आमिर खानसँग ‘ठग्स अफ हिन्दुस्तान’मा खेल्ने अवसर पनि मिल्यो । क्याट्रिनालाई आनन्द के रायको ‘तन्नु वेड्स मन्नु’मा शाहरुखसँग अभिनयको अवसर पनि मिलेको छ ।

Related Posts: