यार्सा संकलनको क्रममा दुईको मृत्यु, एक घाइते

भिडियो सहित हेर्नुहोस !
Advertisement


धनगढी : दार्चुलाका अपी हिमाल गाउँपालिकाको वडा नम्बर १ रोखापु र वयलीमा यार्सागुम्बा संकलनको क्रममा फरक-फरक स्थानमा दुई जनाको मृत्यु भएको छ। एक घाइते छन्। यार्सागुम्बा संकलनको क्रममा अपि हिमाल गाउँपालिका १ सितीका १४ वर्षीया बालिका अरुणा जागरीको बयली भन्ने ठाउँमा भीरबाट चिप्लिएर मृत्यु भएको हो।

भवानी निमावी सितीमा कक्षा ८ मा अध्ययनरत जागरी यार्सा संकलन गरी डेरा फर्किने बेला चिप्लिएर मृत्यु भएको अगबरसिह जागरीले जानकारी दिनुभयो।

त्यस्तै अपि हिमाल गाउँपालिकाकै रोखापु दुले भन्ने क्षेत्रमा यार्सा संकलन गर्ने क्रममा हिउँ पहिरोमा परी एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा बैतडी जिल्ला पुच्र्यौडी नगरपालिका ३ चनलपानीका ४८ वर्षीय धौलसिह बोहरा रहेका छन्।

बोहराको घट्नास्थलमै मृत्यु भएको खण्डेश्वरी प्रहरी चौकीका असई नरेन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो। यस्तै उनीसँगै यार्सा संकलन गर्न गएका सोही ठाउँका २१ वर्षीय जनकसिंह धामी गम्भीर घाइते भएका छन्।

यो वर्षमात्र यार्स संकलनको क्रममा हालसम्म तीन जनाको ज्यान गएको छ भने दुई जना वेपत्ता र २ जना गम्भीर घाइते भएका छन्।

Related Posts: