चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ ।
दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो । रासस
अन्ततः भारतीले गरिन् इन्गेज्मेन्टचर्चित कमेडियन भारती र उनका ब्वायफ्रेन्डले इन्गेज्मेन्ट गरेका छन् । यो खुशीको खबर भारतीले इन्स्टाग्राममा तश्वीर शेयर गरेकी दिएकी हुन् । भारतीले इन्स्ट…Read More
प्रदेश नं १ को राजधानी : सुनसरीको तरहरा ?पूर्वाञ्चलको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पुग्दा लगभग साँझ पर्न लागेको थियो ।नगरपालिकाको दोस्रो तलामा अवस्थित सभाकक्षमा हामीले …Read More