पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो यतिबेला भाइरल बनेको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको वालमा यो फोटो देख्न सकिन्छ ।
उनी हुन् कालिकोटका नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका खडानन्द चौलागाईं । निधारमा रातो लामो टिका लगाएर भुइँमै सुतेको उनको फोटो भाइरल बनेको छ । अनुमान गर्न सकिन्छ कि उनले दिउँसै आफ्नो कार्यकक्षमा रक्सी खाएर निदाएका हुन् ।
सामाजिक सञ्जालमा यो फोटो हेरेर जनताले राम्रो व्यक्ति चुन्न नसकेको भनेर प्रतिक्रिया दिएका छन् । चोलागाईंले रक्सी खाए÷नखाएको भन्न नसकिए पनि दिउँसै भुइँमा लडेर निदाएका भने होइनन् ।
अदालतको फैसला दुर्भाग्यपूर्ण’ : एमाले क्तपुर, १६ साउन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनःमतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण…Read More