शाहरुख खानको विमान दुर्घटनामा मृत्यु ? फ्रान्सेली च्यानलले दियो ‘ब्रेकिङ न्यूज’

भिडियो सहित हेर्नुहोस !
Advertisement


यूरोपको च्यानलले ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको खबर राखेर सबैलाई अचम्मित बनाइदिएको छ । यद्यपी, उक्त खबर झुटो साबित भयो । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिङ न्यूजमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर प्रसारण गरेको छ । उनीलगायत अन्य सातजना एक प्राइभेट जेट गल्फस्ट्रीम बाट पेरिस जाने क्रममा दुर्घटना भएको बताएको छ ।

दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ ।

मुम्बई मिररको खबर अनुसार मुम्बईका ज्वाइन्ट कमिश्नर देवेन भारतीले शाहरुखको समूलाई फोन गर्दा शाहरुख पूर्ण रुपमा स्वस्थ भएको र मुम्बईमा सुटिङ भइरहेको जानकारी दिए ।

रिपोर्टका अनुसार शाहरुखको मृत्युको खबर सार्वजनिक भएको यो पहिलो घटना भने होइन ।
त्यतिबेला उक्त खबर मुम्बईको आला अफिसरको ह्वाट्सएप ग्रुपमा पनि सार्वजनिक भएको थियो ।

स्मरण रहोस्, मंगलबार शाहरुख खान आफ्नो अपकमिङ फिल्मको सेटमा भएको एक दुर्घटनाबाट बचेका थिए । दुर्घटनामा अन्य सदस्य घाइते भएका थिए ।

Related Posts: