नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।
मोर्चाले आज बुटवलमा पत्रकार सम्मेलन गरी वैकल्पिक राजनीतिक धारको रुपमा स्वतन्त्र ढंगले चुनावी प्रतिस्पर्धामा उत्रने उम्मेदवारलाई समर्थन गर्ने बताएको हो ।
मोर्चाका संयोजक तथा नयाँ शक्ति पार्टीका केन्द्रीय कार्याकारी सदस्य बामदेव क्षेत्रीले ठूला भनिने राजनीतिक दलहरुको राजनीतिक खिचातानी, संस्थागत भ्रष्टाचार, राजनीतिक दम्भ र अहंकारबाट आजित भएका जनताले विकल्प खोजिरहेको बेला मोर्चाले दलीय विचार र आस्थाबाट माथि उठेर वैकल्पिक राजनीतिक संस्कार निर्माण गर्न चुनावी मोर्चा बनाएको बताए ।
पत्रकार सम्मेलनमा उपमहानगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार होम बहादुर गलामीले पुराना पार्टीहरुको दलीय दम्भ र घमण्डलाई परास्त गर्नका लागि नै आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताए ।
उनले मोर्चामा आवद्ध सबै दलहरु दलीय आस्था र विचारबाट माथि उठी बुटवल उपमहानगरको विकास र समृद्धिमा जुटे सुन्दर बुटवल बनाउने अभियानले सार्थकता पाउने बताए ।
उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार मञ्जु खड्काले ठूला पार्टीहरुको अराजक शैली र स्वार्थकेन्द्रीत सोचले नगरको विकास पछाडि परेको भन्दै सबै मिलेर नगरको विकास गर्नुपर्नेमा जोड दिएन ।
गलामीले इस्टकोट र खड्काले भित्तेघडी चुनाव चिन्ह पाएका छन् । पत्रकार सम्मेलन पश्चात मोर्चाले बुटवलमा संयुक्त चुनावी र्याली सम्पन्न गरेको छ ।
नेपाल र भारतको भिडन्त आजनेपालले आज भारतिय राष्ट्रिय फुटबल टोलीसंग मैत्रीपुर्ण खेल खेल्दैछ । मैत्रीपुर्ण खेल मुम्बइको अन्धेरी स्र्पोट्स स्टेडियममा बेलुकी सवा ७ बजे शुरु हुनेछ …Read More