आँखीभौं हेरेर थाहा हुन्छ स्त्रीको स्वभाव...हेर्नुस यसरी थाहा हुन्छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


समुन्द्र शास्त्रका अनुसार कुनै पनि स्त्रीको स्वभाव थाहा पाउनका लागि स्त्रीको आँखीभौं हेर्नु पर्छ । कुनै पनि स्त्रीको वास्तविक स्वभाव उसको आँखीभौंले थाहा दिने यो शास्त्रको दावी छ । आँखीभौंकै आधारमा स्त्रीसँग नजिक हुने कि नहुने निर्णय गर्न सकिने समेत यो शास्त्रका ज्ञाताहरु दावी गर्छन् ।

१ जुन स्त्रीका आँखीभौं चन्द्रमा जस्तै समान आकारका हुन्छन् र छुट्टिएर टाढा टाढा हुन्छन् त्यस्ता स्त्री भाग्यमानी हुने मानिन्छ । यस्ता स्त्रीलाई घर परिवार र समाजमा सम्मान प्राप्त हुन्छ । यस्ता स्त्रीलाई जीवनमा धनको दुख पनि हुँदैन । यिनीहरु सम्पन्न हुन्छन् । यस्ता स्त्रीले पतिलाई पनि प्रेम र सम्मान गर्छन् ।

२ जुन स्त्रीका आँखीभौं अत्याधिक बाक्ला हुन्छन् यस्ता महिला क्रोधी अर्थात रिसाहा हुन्छन् । यस्ता महिलामा धनप्रति अत्याधिक लोभ हुन्छ । धनका लागि उनीहरु जे गर्न पनि तयार हुने स्वभावका हुने समुन्द्र शास्त्रको भनाइ छ । धनी भएपछि यिनीहरु घमण्डी हुन्छन् ।

३ जुन स्त्रीका आँखीभौं तल झुकेका र टेडा मेडा हुन्छन् त्यस्ता स्त्रीले जीवनमा धेरै दुःख पाउँछन् । यस्ता स्त्रीमा यौन चाहाना पनि अत्याधिक हुन्छ । यिनीहरुले जीवनमा दुख पाउँछन् ।

४ जुन स्त्रीको आँखीभौंको बिचमा खाली स्थान हुन्छ त्यस्ता स्त्री स्पष्ट बोल्ने र सफा दिलका हुन्छन् । उनीहरु कुरा चपाएर बोल्दैनन् । आवश्यक परेका मान्छेलाई सहयोग पनि गर्छन् । यिनीहरुको दाम्पत्य जीवनमा भने खटपट भैरहन्छ ।

५ जुन स्त्रीको आँखीभौं धनुष आकारको हुन्छ यस्ता स्त्री धनी र कलात्मक हुन्छ । यस्ता स्त्रीलाई कलामा विशेष चासो हुन्छ । जीवनमा आदर्श कायम राख्ने यस्ता स्त्री आर्थिकरुपमा पनि सम्पन्न नै हुन्छन् ।

६ जुन स्त्रीको आँखीभौं आपसमा जोडिएका हुन्छन् त्यस्ता स्त्री चतुर र संयम भएका हुन्छन् । यस्ता स्त्रीले कुनै पनि काम गर्दा कुशलतापूर्वक काम गर्छन् । यिनीहरुको जीवनसाथीसँगको सम्बन्ध पनि प्रेमपूर्ण हुन्छ ।

Related Posts: