पूर्व राजपरिवारका सदस्यहरुले आफ्नो कुल घराना रहेको गोरखा दरवारमा लामो समय पछि पाइला टेकेका छन् । गोरखा कालिका पूर्व राजपरिवारको कुलदेवता पनि हो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


पूर्व राजपरिवारका सदस्यहरुले आफ्नो कुल घराना रहेको गोरखा दरवारमा लामो समय पछि पाइला टेकेका छन् । गोरखा कालिका पूर्व राजपरिवारको कुलदेवता पनि हो ।

मंगलवार कुल पूजाका लागि पूर्व युवराज्ञी हिमानी शाह उनकी छोरीहरु कृतिका र पूणिर्मा र छोरा हृदयन्द्रको साथमा गोरखा दरवार पुगेकी हुन् । बिहान साँढे दश बजे दरवार परिसर पुगेकी हिमानीले करिव ४५ मिनेट कुल देवता कालीकाको पुजा गरिन् ।

छोरा हृदयन्द्रको ब्रतबन्ध गरेपछि कुल देवताको पूजा गर्न गोरखा दरवार आएको उनले बताइन् ।

राजतन्त्र अन्त्य पछिको कुल पुजाका लागि पूर्व राजपरिवारका सदस्यहरु पहिलो पटक गोरखा दरवार आएको दरवारका पुजारी प्रदीप योगीले बताए ।

‘राजतन्त्रको अन्त्य हुनुअघि वार्षिक रुपमा राजपरिवारका सदस्यहरुले दरवारको भ्रमण गर्नुहुन्थ्यो,’ पुजारी योगीले भने ‘तर राजतन्त्र हटेपछि यो

पहिलो पटक हो उहाँहरु पूजा गर्न आउनुभएको ।’हिमानीको सोमवार नै गोरखा आउने कार्यक्रम रहेको थियो । तर एकादशी परेकाले उनी मंगलवार दरवार आएकी पुजारी योगीले जानकारी दिए ।

कुल पूजा सँगै उनले गुरु गोरखनाथको पनि पुजा गरेकी थिइन् । पूजा सकिए लगतै उनले गोरखा दरवारबारे जानकारी लिइन् ।त्यस्तै उनले संग्रहालय अवलोकन समेत गरेकी छिन् । अवलोकनको क्रममा संग्राहलय प्रमुख करुणा राइले संग्राहलयको बारेमा जानकारी गराएकी थिइन् । मंगलबार संग्रहालय बन्द रहने भएपनि उनैका लागि खोलिएको थियो ।

त्यस्तै गोरखा नगरपालिकाले हिमानीलाइ एक कार्यक्रमकाबीच स्वागत गरेको छ । कार्यक्रममा हिमानीलाई सम्बोधनका लागि आग्रह गरिएपनि उनी बोल्न चाहिनन् ।

Related Posts: