नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरकी मेयरकी उम्मेदवारलाई आफूले चुप लागेर बस्न सुझाव दिएको खुलासाा गरेका छन् ।
व्यवस्थापिका संसदको बैठक बोल्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने त्यो घटना घट्नुअघि मेरो छोरी भरतपुरकी मेयरकी उम्मेदवार रेणु दाहाललाई फोन गरेर भनेको थिएँ, एमालेका देवी ज्ञवालीजीको मत अन्तर बढ्दैछ, तिमी हारे पनि जित्यौ, जिते पनि जित्यौ । एक ढंगको छवि बन्यो चुप लागेर बस भनेर भनेँ ।
थप प्रष्टीकरण दिँदै उनले भने भरतपुर घटनालाई मैले अपवादको रुपमा लिएको छु । घटना घट्नुअघि तीन दिनसम्म भरतपुरमा मेरो कुनै सम्पर्क भएको थिएन् । तर, तपाईंहरुले जे भने पनि म सबै सामाना गर्न तयार छु ।
सबैको भरतपुरतिरै केन्द्रीत रहेको भन्दै उनले भने अब भरतपुर अदालतको पनि विषय, सदन, राजनीतिक दलको विषय भयो । सबैभन्दा पारदर्शी भरतपुरमै हुन्छ भन्ने मलाई विश्वास छ । हुनु पनि पर्छ ।
भरतपुरमा मतपत्र च्यात्ने घटना दुःखद र गलत रहेको उनले दोहार्याए । त्यो घटना सुनेँपछि मैले गलत भयो भनेको छु, प्रधानमन्त्रीको हैसियतले निर्वाचन आयोगललाई बोलाएर जे ठीक लाग्छ त्यो गर्नुस् भनेको थिएँ । मतपत्र च्यातिएको घटनालाई म सही भन्न सक्दिन भनेको थिएँ ।
ओलीलाई आलोचना गर्दै उनले भने लुकीछिपी षडयन्त्र भयो भन्न तपाईंलाई लाज लाग्दैन् ? तपाईंलाई त भन्न के लाज भयो र गर्नेलाई हुने हो नि लाज त ?
उनले एमाले अध्यक्ष ओलीले दम्भ देखाएको आरोप पनि लगाए । अलि बढी दम्भ देखाउनुभयो । यसले फाइदा हुँदैन भनेर तपाईंसँग विशेष रुपमा अनुरोध गर्न चाहन्छु । उनले भने ।
प्रचण्डले आफूले स्वेच्छाले राजीनामा दिएको बताए । काँग्रेसको दबाबमा राजीनामा नदिएको उनको प्रष्टीकरण थियो ।