‘देउवा-प्रचण्डलाई सुशीला कार्कीको पाप लाग्छ’

भिडियो सहित हेर्नुहोस !
Advertisement


कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल सत्ताको चाबी प्रचण्डलाई सुम्पिएर बाहिरिएका छन् । तर, यी दुबै जनाले सुशासनलाई निलेर कुशासन चलाएको कारण र न्यायालय, प्रहरी संगठन र निर्वाचन आयोगलाई आफ्नो कुशासनमा राख्ने रणनीतिले गर्दा देशमा भ्रष्ट्राचारको ठूलो विकास भएको जनसमुदायलाई महसुस भएको छ ।

यी दुई जना मिलेपछि जे पनि हुने भयो यो कस्तो विडम्बना हो ? खासगरि, यी दुई जनालाई लागेको धब्बा हो –१) आईजीपी प्रकरण २) प्रधानन्यायाधिशलाई महाभियोग र ३) भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको मत गणनास्थलमा मतपत्र च्याताउने कार्य ।

यी कुबुद्धि र विचार भएका नेतालाई पत्याउने राप्रपा, मधेशी पार्टीहरु फेरि प्रचण्ड र देउवाको धोती समात्न जानु नै शुसासनलाई लात हान्नु हो । उप्रधान तथा मन्त्री पाउने लोभले यिनीहरुले आफ्नो परिवारलाई पनि विक्री गर्न सक्छन् कि भन्ने लाग्न थालेको छ । यिनीहरुलाई राष्ट्र सुधार गर्नु भन्दा आफ्नो सुधार गर्ने र भ्रष्ट्राचारलाई मौलाउने शिवाय अरु केही सोच नै छैन् ।

भ्रष्टाचार मुद्दा टुंग्याउन राजनीतिक र संवैधानिक पदाधिकारीको स्वच्छाचारी गतिविधिमा अंकुश लगाउन प्रधानन्यायाधिश शुसिला कार्कीले देखाएको बाटो अर्थात् सक्रियता पछिल्लोपल्ट सत्तारुढ दललाई नै पचाउन गाह्रो प¥यो । र, नेपालको न्यायिक इतिहासमा पहिलो महाअभियोग शुसिला कार्कीले खेप्नुप¥यो । देश विदेशको चौतर्फी दबाबपछि मात्रै सत्ता गठबन्धन लत्रिन बाध्य भयो ।

प्रमुख दलहरुको सहमतिमा अख्तियार प्रमुखमा नियुक्ति भएको र अदालतबाट मान्यता पाइसकेको लोकमान सिंह कार्कीको अराजकतालाई आजित भएर पनि केही बोल्न हाम्रो महान भ्रष्ट नेताहरु नसकिरहेको बेलामा प्रधानन्यायाधिश कार्कीले कानुनको नियम नीति अनुसारका साथ मुद्दालाई व्युँझाईन् र लोकमानलाई पदमा रहन अयोग्य ठहर गरिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले छाउनीस्थित १५ रोपनी १ आना सरकारी जग्गा आफ्नो छोरी प्रेरणा सिंहलाई दिएकोमासर्बोच्चकै दुई जना न्यायाधिशको इजालासले कानूनी मान्यता दिइसकेको थियो । तर त्यो मुद्दालाई उल्ट्याउने साहस सुशीला कार्कीले नै देखाइन् । अर्थात् न्यायिक नेतृत्वमा हुनुपर्ने निष्ठा र निर्भिकताको परिचय दिइन् ।

मंगलबार ६५ वर्षको उमेर हदको कारण सेवा निवृत हुन लाग्दा कार्कीले प्रधानमन्त्री प्रचण्डले गरेको नाजायज दबाबको उनले भण्डाफोर गरिन् । कार्कीको भनाई सुन्दा राजनैतिक तह सबभन्दा बढी भ्रष्टाचारको मूल नायक हो भन्ने प्रष्टै हुन्छ ।

प्रधानन्यााधिश कार्कीकै शब्द सापट लिने हो भने, यो राष्ट्रको गति जुन रुपमा जानुपर्ने हो, नहुनु र रोकिनुको प्रभाव न्यायपालिकामा पनि छ । राजनैतिक वा कार्यपालिकाबाट एकदम दबाब र प्रभाव आउँछ भने त्यो मान्ने न्यायाधिश थोरै होलान् । सबैले मान्दैनन् तर उनीहरु स्केप गर्छन् र त्यही स्केपमा खेल्छन् बाहिरियाहरुले ।

महाअभियोग लगाउने, मानसिक यातना दिने र अन्तिममा पेन्सन पट्टा बनाउन समेत अबरोध गर्ने प्रचण्ड-देउवालाई सुशीला कार्कीको पाप अवश्य लाग्नेछ ।

अझ भरतपुर काण्डमा प्रचण्ड र देउवाको नराम्रोसँग धोती फुस्कियो । प्रचण्डले संसदमा जे भने पनि उनी नै यसका कारक हुन भन्नेमा कुनै दुविधा छैन् ।

सर्वोच्च अदालतले जेठ २८ गते भरतपुर घटनाको विषयमा आफ्नो आदेश सुनाउनेछ । तर, घटना क्रम हेर्दा धेरैको मिलेमतो देखिन्छ । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई पिसाब लाग्नु र त्यतिखेरै माओवादीका एजेण्टले काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठकै आँखा अगाडि मतपत्र त्यात्दा पनि उनी केही नबोल्नुले मतपत्रमा मिलेमतोको प्रष्टै झल्किन्छ ।

म कविप्रसाद न्यौपानेलाई सोध्न चाहन्छु, तपाईं जस्तो विद्धान व्यक्तिले यसरी झुट गर्न मिल्छ ? तपाईको नियतमा खोट छ या आर्थिक लाभको लोभ छ, त्यो तपाई आफै जान्नुस । तर, मत गणनाका क्रममा धाँधली भएको भनी झुठ्ठा व्यहोरा खेली पुनः मतदान गर्नुपर्ने निर्णय के राम्रो नजिर हो ?

तपाईं जत्तिकै निकृष्ट व्यक्तिका कारण पुनः मतदान गर्ने निर्णयले जनताले कति दुःख पाउँछन भन्ने तपाईँको दिमागमा किन आएन ? राष्ट्रलाई दीर्घकालिन कति नोक्सान पर्ला ?

Related Posts: