नेपालमा सम्भवतः नेपालमा सबैभन्दा धेरैपटक मन्त्री हुने नेता हुन्, विजय गच्छदार । बुधबार समेत गरी गच्छदार १३ पटक मन्त्री भइसकेका छन् ।
अझ रोचक त के रह्यो भने उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा यसैमहिना मात्रै दुईपटक गच्छदारले पदभार ग्रहण गरेका छन् ।
पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्री सहित सोही मन्त्रालयमा पदभार ग्रहण गरेका गच्छदारले बुधबार शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हालेका हुन् ।
पाँचौँ पटक उपप्रधानमन्त्री र १४ औँ पटक मन्त्री बनेका गच्छदारले बुधबार पदभार ग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचनपछि पूर्णरुपमा संविधान कार्यान्वयन हुने बताए ।
“प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन कात्तिक १५ देखि मङ्सिर १० सम्म गरिसक्नुपर्छ, कात्तिक १५ अघि वर्षा र चाडवाडका कारण निर्वाचन सम्भव छैन भने मङ्सिर १० पछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले चुनाव हुन सक्दैन, माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्था छ”– उनले भने ।
कोरिया र मलेसियामा दुई नेपालीको मृत्यु बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको छरघुगंगा गाउँपालिका २ भगवतीका २७ वर्षीय शिवकुमार कार्की र वडा नम…Read More