अब गणनामा बसेका दलका प्रतिनिधिले मतपत्र छुनै नपाउने

भिडियो सहित हेर्नुहोस !
Advertisement


निर्वाचन आयोगले मतगणनाका क्रममा अब राजनैतिक दलका प्रतिनिधिले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा दलकै प्रतिनिधिले मतपत्र च्यातेपछि तनावमा रहेको आयोगले यस्तो व्यवस्था गरेको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले दोस्रो चरणको निर्वाचनको मतगाणनाका क्रममा यस्तो व्यवस्था गर्न लागिएको बताए ।

रुकुम सदरमुकाम खलंगा पुगेका आयुक्त पौडेलले जिल्लाका सरोकारवालासँग छलफल गर्दै अब गणकले टाढेबाट देखाएर सदर हो वा बदर भन्ने टुंगो लगाइने बताए ।

चितवनको भरतपुर महानगरपालिका १९ मा मतगणना चलिरहँदा मत पत्र च्यातिएपछि अहिलेसम्म नतिजाको टुंगो लाग्न सकेको छैन भने फेरि निर्वाचन गर्ने कि मतगणना अघि बढाउने भन्नेमा सर्वोच्चमा मुद्दाको टुंगो लाग्न सकेको छैन ।

Related Posts: