। जर्मन अधिकारीहरुले १४ वर्षीया नेपाली किशोरीलाई त्यहाँको एक विद्यालयबाटै उठाएर नेपाल डिपोर्ट गरेका छन्।
विभुषी रानाको जन्म जर्मनीमै भएको थियो । र, उत्तरी राइन वेष्टफेलिया राज्यको एक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्। उनलाई त्यहाँको संघीय प्रहरीले कक्षाकोठाबाट पक्राउ गरेर आमाबुबासँगै नेपाल पठाएको हो।
उनीहरुलाई फ्राङर्फट विमानस्थलबाट नेपाल पठाइएको जर्मनका सञ्चार माध्यमहरुले जनाएका छन्। विभुषीको परिवारको जर्मनीमा बस्ने अनुमति सन् २०१३ मा सकिएको थियो । उनीहरुले त्यहीँ बस्न पाउनु पर्ने माग गर्दै अपील गरेका थिए, जुन मार्च २०१६ मा खारेज भएको छ। यो परिवार १५ वर्ष अगाडि जर्मनी पुगेका थिए र शरण माग गर्दै विभिन्न समयमा अपील गरेका थिए।
शहरको कानुनी विभागका प्रमुख डानियला लेसमाइस्टरले यो परिवारलाई नेपाल फर्काउनु बाहेक अर्को विकल्प अधिकारीहरुसँग नभएको बताएका छन् ।
जर्मन कानुन अनुसार कुनै पनि व्यक्तिलाई डिपोर्ट गर्नु अघि पूर्व सूचना दिइँदैन । पूर्व सूचना दिएमा उनीहरु भाग्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । साथै डिपोर्ट दिनको समयमा गर्ने गरिन्छ।
विभुषीको १८ वर्षका दाजु पनि छन् तर, उनलाई भने नेपाल पठाइएको छैन। यसको कारण प्रष्ट नभएको समाचारमा उल्लेख छ ।
विभुषी अध्ययन गर्ने विद्यालय स्टाइनबार्टका प्रिन्सिपल राल्फ बुखथालले प्रहरीले पक्राउ गर्नु अघि केही पहिले मात्र आफूलाई सूचना दिएको बताए । उनले भने, प्रहरीले समाउँदै गर्दा म अब कहाँ जानु भनेर प्रश्न सोधेकी थिइन्।’
विभुषीलाई प्रहरीले पक्राउ परेपछि उनकी एक साथी बेहोस भएको र डाक्टरलाई बोलाउनु परेको थियो।
अनारले लाग्नै दिन्नँ यी १० रोग– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।– अनार खाइरहने व्यक्तिला…Read More