मतदान सुरु हुनु भन्दा ४८ घण्टाअघि सीमा बन्द

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपालगन्ज : निर्वाचन सुरु भन्दा ४८ घण्टाअघि देखि नेपाल भारत सिमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनको शान्ति सुरक्षालाई मध्यनजर गर्दै असार १२ गते बिहान ७ बजेदेखि असार १४ गतेसम्म निर्वाचन सम्पन्न नभइजेलको लागि नेपाल भारत सिमा बन्द हुने सूचना जारी गरेको छ।

नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबै सवारी साधान बस, टाँगा, रिक्सा, अटोरिक्सा, मोटरसाइकल, साइकल र ढुवानीका साधानहरु ट्रक, ट्याक्टर, ट्रली संचालन लगायत पैदल यात्रामा समेत रोक लगाएको सुचानामा उल्लेख छ।

असार १२ गते बिहान ७ बजे देखि असार १४ गते मतदान सम्पन्न नभएसम्म यात्रा तथा ढुवानी लगायतका कार्य नगर्न समेत सूचना मार्फत निर्देशन गरिएको छ।

असार १४ गते विहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान हुने छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले शान्ती सुरक्षालाई ध्यान राखेर मतदान शुरुवात हुनु भन्दा ४८ घण्टा अघि देखि सिमा बन्द गर्ने निर्णय भएको जानकारी दिनु भयो।

Related Posts: