भरतपुर महानगपालिकाको मेयरमा रेनुले जित्नेनै भए ! थाले कांग्रेस र माओवादीले यस्तो काम

भिडियो सहित हेर्नुहोस !
Advertisement


भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाललाई जिताउन काँग्रेस र माओवादी केन्द्रले नयाँ रणनीति बनाएका छन् । निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतगणना गर्ने निर्णय गरेपछि काँग्रेस र माओवादीले रेणुलाई जिताउने नयाँ रणनीति बनाएका हुन ।

काँग्रेस र माओवादी केन्द्रकाे चितवन जिल्ला समितिको आइतवार बसेको बैठकले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई स्वागत गर्ने,छिटो भन्दा छिटो मतदानको मिति तोक्न माग गर्ने, वडा नम्बर १९ मा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवारको प्यानलको पक्षमा मतदान गर्ने र काँग्रेसले आफनो सम्पूर्ण मत मेयर पदकी साझा उम्मेदवार रेणु दाहालका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका तर्फबाट १९ नम्बर वडामा उम्मेदवार रहेका वडा अध्यक्षका उम्मेदवार खडग गुरुङ,महिला सदस्य विना गुरुङ,दलित महिला सदस्य शान्ति बिश्वकर्मा,सदस्यहरु राजेन्द्र वस्ताकोटी र दुर्गा लामाको उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको माओवादी नेता गोपालकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

माओवादी केन्द्र र काँग्रेसको गठबन्धनले मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहलाई उम्मेदवार बनाएको थियो ।

सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले शनिवार पुनमतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ ।सो महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र र काँग्रेस गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाल वीच प्रतिस्पर्धात्मक मत प्राप्त भइरहेका थिए ।

Related Posts: