भन्छन्, “राजा ज्ञानेन्द्रसित चाहिँ भेट भएन । उनी आएनन्, म पनि गइनँ ।” राजा त्रिभुवनलाई चारपटक, महेन्द्रलाई तीनपटक, वीरेन्द्रलाई दुईपटक भेटेको सुनाउँछन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको आँगनमा भेटिए, बम बाबा । १५ साउन १९७१ मा जन्मिएका उनी केही दिनमा १ सय ४ वर्षमा प्रवेश गर्दै छन् । ०४६ मा मात्र नागरिकता लिएका उनी चुनावमा मत हाल्न भनेपछि औधि रमाउँछन् । ०४८ यताका सबै चुनावमा मत हालेका उनी यसपटकको स्थानीय निर्वाचनमा मत खसाल्न नागरिकता बोकेरै पुगेका थिए, मतदान केन्द्रमा । उनले नागरिकता देखाउँदै भने, “मेरो नाम नै छैन भनेर भोट हाल्न दिएनन् ।”

कहिल्यै बिरामी नपरेका यी बाबाको शरीरमा अहिलेसम्म एउटा पनि इन्जेक्सनको सुई घुस्न पाएको छैन । गत पुस महिनादेखि बढेको दम बिसेक पार्न औषधि खान थालेको दुई साता भयो । भन्छन्, “भाङ न भुत्तो, थोपो छोएको छैन औषधिले ।”

उनी महात्मा गान्धी, जवाहरलाल नेहरूदेखि ज्ञानेन्द्र शाहसम्मको गफ लडाउँछन् । आजभन्दा ७० वर्षअघि उनी देवघाट आए र यही भूमिलाई आफ् नो जरोकिलो बनाए । राजा त्रिभुवनलाई चारपटक, महेन्द्रलाई तीनपटक, वीरेन्द्रलाई दुईपटक भेटेको सुनाउँछन् । भन्छन्, “राजा ज्ञानेन्द्रसित चाहिँ भेट भएन । उनी आएनन्, म पनि गइनँ ।”




Related Posts: