८ जेठ, विराटनगर । काठमाडौंमा सरकार र राष्ट्रिय जनता पार्टीबीच वार्ता भइरहेको समयमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अवको मधेस आन्दोलन संविधानको घेरा बाहिर जान सक्ने बताएका छन् ।
उनले भने ‘हाम्रा माग सम्बोधन हुने अवस्था नदेखिए हामी आज दिनभरमा आन्दोलन घोषणा गर्छौं । संविधानको घेराभित्र रहेर गरिएको आन्दोलनको सुनुवाई नभए संविधानको घेराभन्दा बाहिर जाने अवस्था सिर्जना गरिँदैछ ।’
महतोले सरकारले संविधान संशोधनमा सहमति नगरेकाले आजै आन्दोलन घोषणा हुने बताए । विराटनगरमा बिहान गरिएको पत्रकार सम्मेलनमा महतोले आज दिनभर हुने छलफलले टुंगो नलगाए बेलुकीसम्ममा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशका मुद्दालाई संविधान संशोधन मार्फत टुंगो लगाउनुको सट्टा द्वन्द्व सिर्जना गर्न लागेको महतोको आरोप छ ।
सबैको घोषणापत्रमा रोजगारी मुद्दा जेष्ठ २४, २०७४- बैजनाथ गाउँपालिका नौबास्ताका मानबहादुर बुढा हालै मात्र कतारबाट फर्किएका छन् । आसन्न स्थानीय तहको निर्वाचन माहोलले उनलाई पनि छोएको छ । …Read More
देउवाले पदभार सम्हाले जेष्ठ २४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्…Read More