बन्दुकधारीले प्रजातान्त्रिक गणतन्त्र कंगोको एक जेलमा आक्रमण गर्दा ११ जनाको ज्यान गएको छ भने ९ सय भन्दा बढी कैदी बन्दी जेलबाट भागेका छन् ।कंगोको उत्तरी क्षेत्रको किवु प्रान्तको एक जेलमा बन्दुकधारीले आक्रमणगरी कैदीबन्दीलाई भगाएको सरकारी अधिकारीले बताएका छन् । बेनीमा रहेको जेलमा आक्रमणका लागि आक्रमणकारीले ठूला हतियार प्रयोग गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
घटनामा ज्यान गुमाएका मध्ये कम्तिमा ८ जना जेलको सुरक्षाका लागि खटिएका गार्ड रहेका छन् । आक्रमण कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।
कंगोमा जेल तोडेर कैदीबन्दी भाग्ने घटना बढी हुने गरेका छन् । गएको महिना राजधानी किनशासामा रहेको जेलबाट झण्डै चार हजार कैदीबन्दी भागेका थिए ।
१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशतिर४ साउन, काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । फ्रन्टपेजमा उ…Read More
माओवादीमा चिह्न फेर्ने बहस
श्रावण ४, २०७४- सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने…Read More