भारत च्याम्यिन्स ट्रफी क्रिकेटको सेमिफाइनल पुगेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा आइतबार राति दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै भारतले अन्तिम चारमा स्थान बनाएको हो । ओभलमा भएको खेलमा १ सय ९२ रनको लक्ष्य भारतले ३८ ओभरमा मात्रै २ विकेट गुमाएर भेट्टायो । भारतका शिखर धवनले ७८ तथा कप्तान विराट कोहली नटआउट ७६ रन बनाए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्वीण्टन डि ककको ५३ रन मद्दतमा १ सय ९१ रन मात्र बनाउन सकेको थियो । उसका लागि फाफ डु प्लेसिसले ३६ तथा हाशिम अमलाले ३५ रनको योगदान दिए । दक्षिण अफ्रिकालाई ४४ दशमलव ३ ओभरमा आउट गर्ने क्रममा भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई दुई विकेट लिए । हारपछि दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा सोमबार पाकिस्तान र श्रीलंका खेल्नेछन् । खेलको विजेता सेमिफाइनल पुग्नेछ ।
कुन समयमा के खानेकुरा खाने ?। भोक लागेको समयमा जे खानेकुरा भेट्यो त्यही खाने धेरैजसो मानिसको बानी हुन्छ । तर, यो गलत हो । कुन परिकार कतिवेला खाँदा के फाइदा र बेफाइदा हुन्छ भन्ने …Read More