पर्यटकिय नगरी पोखरामा शनिबार अमेरिका नेपाल सांस्कृतिक मेला हुने भएको छ । अमेरिका नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं बर्षगाँठमा अमेरिकी दुतावासले एनसेलसंग साझेदारीमा पोखरा प्रर्दशनी केन्द्रमा उक्त मेलाको आयोजना गर्ने भएको सुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
प्रबेस निशुल्क रहेको कार्यक्रम शनिबार मध्यान्हः १२ बजे देखि वेलुका ६ बजेसम्म चल्ने भएको छ । मेलामा अमेरीकाका चर्चीत गायक तथा नेपाली चर्चीत गायकको ३ देखि ६ बजेसम्म हिपहप कार्यक्रममा प्रस्तुती रहने भएको छ । वालवालिकाहरुको लागि लक्षित सुरुको तीन घण्टा कार्यक्रम संचालन हुने भएको हो ।
मेलामा अमेरिकी ग्र्यामी पुरस्कारका लागि मनोनित गायक कोकायी तथा हिपहप नर्तक जुनियस ब्रिक हाउस र लोप्रिय नेपाली गायक ईन्दिरा जोसी, सबिन राई, मेन्टल रेडियो, नेपाल हिपहप फाउण्डेसनले समेत प्रस्तुती राख्ने भएको छ । मेलामा प्रत्यक्ष ग्राफिटी (भित्तेलेखन) चित्रकला, साङ्गीतिक प्रस्तुति, ब्रेकडान्स, स्केटबोर्ड स्टन्ट तथा कविता वाचन प्रस्तुत गरिनेछ। नेपाली साङ्गीतिक समूह तथा कलाकारहरूको पनि सहभागिता रहने मेलामा युवा तथा सामाजिक संस्थाहरूले जानकारी मुलक कार्यक्रम प्रस्तुत गर्नेछन्। मेलामा सुचना मुलक ५ सहित १३ वटा स्टलहरु रहने भएका हुन । अमेरिकी कला सम’दायको उत्कृष्ट प्रस्तुतीलाई विश्वभर आदनप्रदान गर्ने गरेको छ । अन्तर सांस्कृतिक समझदारी तथा सहकार्यलाई बढुवा दिनु र सभा मान्यता तथा आकांक्षहरुलाई दर्शाउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
एनसेलले हरेक बर्ष जसो विभिन्न ठाँउमा सांगीतिक कार्यक्रम गर्दै आएको अवसरमा यस पटक अमेरिकी दुतावसासंगको सहकार्यमा उक्त कार्यक्रममा सहयोग गरेको एनसेलका मिलन शर्माले बताए । यस अघि यस्तो कार्यक्रम भई सकेको छ भने पोखरा पछि देशका अन्य दुई ठाँउमा हुने भएको छ ।
मधुमेह रोगीलाई अचुक दबाइः मेथी यसरी खानुसमेथी वा मेथीको साग खानाले रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ, जसले गर्दा रगतमा चिनीको मात्रा बढेर शरीरमा हानि पुग्न पाउँदैन । – रगतमा चिनीक…Read More
खाँटी मह यसरी पत्ता लगाउनुस्महमा भिटामिन, प्रोटीन, खनिज र अमिनो एसिड भरपूर मात्रामा पाइने भएकाले यसको सेवन स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । तर बजारमा नक्कली मह छ्यापछ्याप्त…Read More
पूर्वमन्त्री मुस्ताक आलम एमाले प्रवेश कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । र…Read More