कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । रौतहट २ बाट चुनाव जितेका आलम आइतवार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन्
आलमलाई अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमले खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गरेपछि आलमले ओलीलाई ‘अंकल’ भन्दै अंकमाल गरेका थिए । स्थानीय चुनावमा रौतहटमा ‘क्लिन स्वीप’ भएको एमालेले त्यहाँका प्रभावशाली नेता आलमलाई भित्र्याएर शक्ति मजबुत पार्न खोजेको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता शेख इद्रिसका नाति मुस्ताक आलम लामो समय कांग्रेसको राजनीतिमा थिए । उनका दाजु अफताब आलमले मात्र कांग्रेसबाट सांसद र मन्त्री बन्ने मौका पाएपछि रुष्ट भएर लोकतान्त्रिक फोरम प्रवेश गरे लगत्तै मुस्ताकले अफताबलाई पराजित गरे ।
एमालेको राष्ट्रवादी नीति र केपी ओलीको अडानबाट प्रभावित भएर आफू एमाले प्रवेश गरेको मुस्ताकले बताए । उनले भने- प्रेममा र राजनीतमिा कुनै शर्त हुँदैन । केपी अंकल मेरो हजुरबुबासँगै जेल बसेको नेता हो । मेरो घरको बगलबाट उहाँले जनताको मुक्तिको संघर्ष गर्नुभयो । उहाँलाई म अंकल नै भन्छु, त्यसैले बिना शर्त एमाले प्रवेश गरेको हुँ ।
बच्चा जन्माउन नसकेर गैंडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ। करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु…Read More
माइक्रोबस ठोक्किदा २० घाइते (फोटो फिचर)माइक्रोबस ठोक्किदा २० घाइते (फोटो फिचर)काठमाडौँ बाट चितवन तर्फ जादै गरेको बा. ३ ख. ३८ नम्बरको र गोर्खा बाट काठमाडौँ तर्फ जादै गरेको ग. १ ज. ५८७० नम्ब…Read More