ङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १४ गते स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन्। निर्धारित मितीमै निर्वाचन हुने दाबी गर्दै ओलीले निर्वाचन रोक्न सक्ने सामर्थ्य कसैसंग पनि नभएको बताए। असन्तुष्ट राष्ट्रिय जनता पार्टीका नेताहरुले सरकार समक्ष निर्वाचन सार्न प्रस्ताव गरेको प्रति आक्रोशित ओलीले भने ‘निर्धारित मितीमै निर्वाचन हुन्छ, ढुक्क हुनुस्, अब निर्वाचन सार्ने सामर्थ्य कसैसंग पनि छैन।’ राजपालाई सहमतीमा ल्याउने नाममा पटक पटक निर्वाचन मिती सारेर निर्वाचनलाई अन्यौलमा पार्न नदिईने समेत उनको दाबी थियो। प्रधानमन्त्रीको निर्वाचनमा मत हाल्ने तर आफ्नै गाउँमा सरकार निर्माणका लागि हुन थालेको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने कस्तो राजनीति हो ? भन्दै राजपालाई प्रश्न गरे।
‘स्थानीय तहमा मधेसी समुदायबाटै उम्मेदवार चुनिने हुन्,उनिहरुलाई भोट हाल्न नदिने राजपाको नियत छ,’उनले भने ‘तर प्रधानमन्त्रीको निर्वाचनमा राजपाका नेताहरुले भोट हाल्छन्, यो कहाँ सम्मको सुहाउँदो कुरा हो ।’ उनले राजपालाई सहमतीमा ल्याउने नाममा निर्वाचन मिती सार्ने खेल नदोहोर्याउन सरकारलाई चेतावनी समेत दिए।
सत्तासीन दलहरुको निकै आलोचना गरेका अध्यक्ष ओलीले एमाले सत्तासंग मेयर साट्ने पार्टी नभएको आरोप समेत लगाए । ‘हामीहरु सत्ताका लागि मेयर पद साट्ने मान्छे होईनौ,’उनले भने ‘नत राज्यसत्ताको फाईदा उठाउँदै रकमको खोलो बगाएर चुनाव जित्ने सपनानै देख्छौँ।’
दोस्रो चरणको निर्वाचनबाट पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका ओलीले एमालेलाई जिताउनका लागि मतदाता समक्ष चाखलाग्दो आश्वासन फ्याँके । उनले एमालेलाई निर्वाचनमा जिताउन आग्रह गर्दै एमालेलाई जिताए घरमै खाना पुर्याईदिने बताए। ‘एमालेलाई जिताउनुस्, तपाईहरुले काम गर्नुपर्दैन,’उनले भने ‘घरमा सुतिराख्नुस्,खाना घरमै पुर्याईदिन्छौँ ।’ एमालेको जीतबाट मात्रै लोकतन्त्रको जीत हुने दाबी गरेका उनले थपे ‘हामीहरुले एमालेका लागि होईन लोकतन्त्रको जीतका लागि मत मागिरहेका छौँ ।’ पहिलो निर्वाचनबाट एमालेले ४५ प्रतिसत जीत निकालेको दाबी गरेका ओलीले दोस्रो निर्वाचनबाट बाँकी ५५ प्रतिसत जीत हाँसिल गर्ने र पहिलो पार्टी बन्ने दाबी गरे।
नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि आश्विन १, २०७४-फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेट…Read More
मह ,कागती र पानीको फाईदै फाईदा..बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरै फाईदा हुन्छ। जाडो होस या गर्मी मह र कागती सधै खाने गर्नाले हामी स्वस्थ्य रहन्छौ । कोहि अनुहारको छाला र…Read More
मलेसियामा ठगिँदै नेपाली कामदार आश्विन १, २०७४-क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि क…Read More