सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा च्यातिएका सबै मतपत्र लगायतका कागजात मगाएको छ, गोरखापत्रले खबर छापेको छ ।
कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्रसहित, मुख्य निर्वाचन अधिकृतको मतगणना स्थगन निर्णय लगायतका कागजात मगाउने आदेश मङ्गलबार गरेको हो ।
सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले निर्वाचन आयोगको निर्णयसहितका कागजात माग भएको बताए ।
भरतपुरको चुनावी मुद्धाको फैसला असार १४ पछि मात्र हुने
भरतपुरको चुनावी मुद्धाको फैसला दोस्रो चरणको निर्वाचनपछि मात्र हुने भएको छ । कायम मुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले अवको १४ दिनमा पूर्ण सुनुवाई मार्फत भरतपुर मुद्धाको अन्तिम फैसला गर्ने आदेश दिएको हो ।
त्यसअघि ७ दिन भित्र च्यातिएका मतपत्र, मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट तत्काल घटनास्थलमा गरिएको बस्तुस्थितीको मुचुल्का, पक्राउ गरिएका दुई जना विरुद्ध चितवन जिल्ला अदालतमा चलाइएको मुद्धाको सम्पूर्ण मिसिल प्रमाणित प्रतिलिपि र प्रहरीको सञ्चारको प्रतिलिपि संकलन गरिने भएको छ ।
यि सबै प्रमाण जुटाईसकेपछि त्यसको ७ दिनमा पेशि तोक्ने र त्यति बेला नै मुद्धाको टुंगो लगाउने आदेश भएको छ । अन्तरिम आदेशले निरन्तरता पाएकोले अव अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्नु पर्नेछैन । त्यसैले अवको १४ दिन भित्र पूर्णसुनुवाई मार्फत मुद्धाको किनारा लाग्ने निश्चित भएको हो ।