बिरेन्द्र र ज्ञानेन्द्रका नातिनातिना जब श्रद्धान्जलीका लागि नारायणहिटी पुगेपछि.

भिडियो सहित हेर्नुहोस !
Advertisement


स्वर्गीय पूर्वराजा विरेन्द्रका नातिनी र पूर्वराजा ज्ञानेन्द्रका नातिनातिनाले दरबारको मूलद्वार अगाडि दरबारहत्याकाण्डमा मारिएका आफन्तप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । दरबार हत्याकाण्ड भएको १५ बर्ष पूरा भएको सन्र्दभमा आयोजित अनौठो किसिमको श्रद्धान्जली कार्यक्रममा स्वर्गीय अधिराजकुमारी श्रुतीका छोरी तथा पूर्वयुवराज पारस र हिमानीका छोराछोरी सहभागी भएका हुन् ।

उनीहरु श्रद्धान्जली व्यक्त गर्न आउनुभन्दा अगाडि मकुण्डोधारी समुहले मोटरसाइकल र्याली गरेको थियो । सो समुहले दरबारको मूलद्वार अगाडि श्रद्धान्जली कार्यक्रम शुरु गरेसंगै उनीहरु गाडीमा आइपुगेका थिए । बिरलैमात्र सार्वजनिकस्थानमा देखिने स्वर्गीय अधिराजकुमारीका छोरीहरु श्रद्धान्जलीका लागि सडकमा देखिएका थिए । उनीहरुसंगै पारस र हिमानीका छोराछोरी हृदयन्द्र, पूर्णिका र किर्तिका आएका थिए ।

उनीहरुको आवागमनसंगै हेर्नेको भीड लागेको थियो । श्रद्धान्जली व्यक्त गरेपछि मकुण्डोधारी समुह संगै उनीहरुले श्रीमान गम्भीर बोलको राजतन्त्रकालिन राष्ट्रिय गित पनि गाएका थिए ।

दरबारमार्ग प्रहरीले कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रका नातिनातिना र स्वर्गीय राजा विरेन्द्रका नातिनीहरु सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ ।

Related Posts: