जेष्ठ १८, २०७४- सरकारले तिलगंगा आँखा अस्पताल र महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई क्रमश: १० करोड र डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा उक्त दुई निकायलाई बजेट दिने व्यवस्था गरी वितरण गर्ने निश्चित भएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । सुचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरिसकेका छन् ।