जेष्ठ १८, २०७४- सितापाइलाका राम गौतमले कालमाटीमा जेब्रा क्रसिङबाट बाटो नकाटदा ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ तिर्नु पर्यो । ‘जेब्रा क्रसिङको रङ मेटिएको रहेछ थाहा पाइएन अलि माथिबाट क्रस गर्दा जरिवाना तिर्नु पर्यो’, उनले भने, ‘नियममा कडाइ गर्न स्वभाविक हो,जेव्रा क्रसिङ, ट्राफिक लाइट पनि त हुन पर्यो नि ?’
कलंकीदेखि कालीमाटीसम्म जेब्रा क्रसिङ नै नभएको गौतमले बताए । केही दिनदेखि ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र आकाशेपुल प्रयोग नगरी बाटो काटेमा २ सय रुपैयाँ जरिवाना गर्न थालेको छ । प्रहरीका अनुसार तीन दिनको अवधिमा ९ हजार ८ सय ९४ जना भन्दा बढीलाई कारबाही भइसकेको छ । त्यसमध्ये ६ हजार ८२ जनालाई जरिवाना गरेको छ भने, ३ हजार ८ सय १२ जनाले सचेतना कक्षा लिएका छन् । प्रहरीले जरिवानाबापत १२ लाख १६ हजार ४ सय रुपैयाँ असुलेको छ ।
किन बिबादमा फसिन मिस नेपाल २०१७ निकिता ?२१ जेठ, काठमाडौं । जब कुनै नवयौवनाको शीरमा ‘मिस नेपाल’को ताज पहिर्याइन्छ, ग्ल्यामर समाज पक्ष र विपक्षमा खडा हुन्छ । शीर्ष उपाधि जित्नेको चर्चाका साथस…Read More