फलामे मतपत्र बोकेर काठमाडौंमा मसाल जुलुस

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १८, २०७४- चितवनमा माओवादी केन्द्रले मतपत्र च्यातेको विरोधमा काठमाडौंमा अनेरास्ववियु र युवा संघले मसाल जुलुस निकालेका छन् ।
प्रदर्शनी मार्गबाट अनेरास्ववियु र युवा संघको संयुक्त मसाल जुलुस निकालिएको थियो । भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै जुलुस निकालिएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । मसाल जुलुसमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले टिनको जस्तामा मत पत्र बनाई प्रदर्शन गरेका थिए । कागजको मतपत्र असुरक्षित रहेको भन्दै फलामे जस्तामा मतपत्र बनाएर सांकेतिक विरोध गरिएको शर्माको भनाइ छ ।

जेठ १४ गते राति मतगणना भइरहेकाबेला माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्ने दुवै आरोपी एक लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

Related Posts: