चीनमा प्राकृतिक प्रकोपमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको

भिडियो सहित हेर्नुहोस !
Advertisement


चीनमा गत मे महिनामा विभिन्न प्राकृतिक प्रकोपमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको नागरिक मामिला मन्त्रालय र प्रकोप न्यूनीकरण राष्ट्रिय निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस्ता प्रकोपको कारण उक्त समयावधिमा ४६ हजार व्यक्ति विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ ।

सो प्रकापको कारण ९ हजार घर भत्किनुको साथै अन्य एक लाख आठ हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छ। करिब १७ लाख ४० हजार हेक्टरमा लगाइएको बालीनाली प्रभावित भएको र ५१ हजार आठ सय हेक्टर खेतीयोग्य जमिन क्षतिग्रस्त भएको जनाइएको छ ।

यस प्रकोपको कारण मे महिनमा ८.८७ अर्ब युआन बराबरको रकम नोक्सान भएको जनाइएको छ ।

Related Posts: