साउदीमा काम गर्ने नेपाली कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


साउदीमा काम गर्ने नेपाली सहित अप्रवासी कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले साउदीमै आफुसँग आश्रित रहेका आफन्तको पनि प्रत्येक महिना एक सदस्य बराबर १ सय रियाल ‘लेभि’ बुझाउनु पर्ने साउदीले जनाएको छ । यो नियम जुलाई १ अर्थात आगामी असार १७ गतेबाट लागु हुने साउदीले जनाएको छ ।

साउदीमा कार्यरत आप्रवासी कामदारको लागि भने प्रत्येक महिना २ सय रियाल सम्म ‘लेभि’ कम्पनीले नै बुझाउँदै आएको छ । सुरुमा एक सय रियाल ‘लेभि’ लिएपनि वर्षेनी यो रकम बढाउँने र सन् २०२० सम्म ४ सय रियाल लेभि पुर्‍याउने साउदीको लक्ष्य रहेको छ । देशको राजस्व वृद्धिको लागि भन्दै साउदीले यस्तो नियम ल्याएको हो । याे नियमकाे विषयमा निर्णय हुन बाँकी छ । अर्काे वर्षबाट लागुहुने गरि सन् २०२० सम्ममा बढाउदै लैजाने याेजना रहेकाे साउदीले जनाएकाे छ ।
f

Related Posts: