२१ बर्षीय युवतीलाई सामुहिक बालात्कार पछि बलात्कारीलाई फाँसी दे भन्दै महिलाहरु सडकमा उत्रिए

भिडियो सहित हेर्नुहोस !
Advertisement


महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा अइतबार साँझ २१ बर्षीय युवतीलाई सामुहिक बालात्कार गरेका दोषीहरुलाई पक्राउ गरि फासी दे भन्दै महिलाहरु सडकमा उत्रिए । सडक बन्द गरेर गरिएको प्रदर्शनले बर्दिबास—औरही—जलेश्वर सडक खण्ड अवरुद्ध छ । उखरमाउलो गर्मीमा गाउँ गाउँबाट महिलाहरु छाता ओढेर प्रदर्शनमा सहभागी हुन आएका छन् ।

औरही बजारमा ब्युटीपालर सञ्चालन गरी साइकलमा घर फर्किने क्रममा आइतबार साँझ औरहीकै स्थानीय युवतीलाई सुनसान सडकको बीचबाटै युवाहरुको समुहले नजिकैको खेतमा लगेर सामुहिक बालात्कार गरेका थिए । बालात्कारपछि युवती बेहोस भएकी थिइन । आफुलाई युवाहरुले सामुहिक बालात्कार गरेको पीडितले प्रहरीमा बयान दिएका छन् । ल्याब रिपोट आउन बाँकी छ ।

‘चेलीबेटीको इज्जत लुट्नेलाई फाँसीको सजाय हुनु पर्छ,’ पीडित युवतीको न्यायको लागि सडकमा प्रर्दशन गरिरहेकी ३५ बर्षीय सुनिता देवीको कुरामा मिथिला देवीले थप्नु भयो,‘हाम्रो देशमा महिलाको इज्जत लुटनेहरुलाई कडा कारवाहीको व्यवस्था छैन । बालात्कारीलाई लिंग काटेर चौराहामा जिउँदै जलाउनु पर्छ ।’ युवतीको सामुहिक बालात्कारको घटनाले गाउँलेहरु त्रसित बनेका छन् ।

आफ्ना व्यापारी साथी बालात्कार गर्ने युुवा समुहलाई पक्राउ गरेर कारवाहीको माग गर्दै सोमबार बिहानै देखि उद्योग वाणिज्य संघ औरहीले औरही बजार दिनभर बन्द गराएका छन् । बिहान १० बजेदेखि १ बजे सम्म बर्दिबास—औरही —जलेश्वर सडक खण्ड बन्द गराएका छन् । दोषीलाई कडा कारवाहीको माग गर्दै बजार र सडक बन्द गरिएको उद्योग वाणिज्य संघ औरहीका अध्यक्ष राजकिशोर चौधरीले बताउनुभयो ।


Related Posts: