यौन जीवित प्राणीहरुको लागी अपरिहार्य छ त्यसो त दाम्पत्य जीवन सुखी बनाउन यौनको मुख्य भूमिका छुट्टै हुन्छ । तर, महिलामा हुने यौनप्रतिको अरुचिले दाम्पत्य जीवनलाई नै जोखिममा पारेको उदाहरण प्रशस्त छन् ।
यौन अंगमा रक्तसञ्चार कम भए यौन अरुचि हुनसक्छ । मधुमेह र उच्च रक्तचापजस्ता रोगले रक्तसञ्चारमा कमी ल्याउने गर्छ । उमेर पुगेपछि महिनावारी रोकिने बेला, गर्भनिरोधक पिल्स खाँदा र थाइराइड सम्बन्धी समस्या देखापरेको वेला शरीरमा उत्पन्न हुने हार्मोनले यौन अनिच्छा निम्त्याउँछ । डिप्रेसन रोक्ने औषधीको सेवन अथवा किमोथेरापीले पनि अरुचि जाग्न सक्छ । त्यस्तै, गुप्तांगको शल्यक्रिया गर्दा नशा काटिएमा अथवा अनिद्रा र डिप्रेसन भएमा महिलालाई यौनप्रति अरुचि हुनसक्छ ।
यौन रुचि जगाउन के गर्ने शरीरमा यौन उत्तेजना बढाउन एस्ट्रोजन अथवा टेस्टोस्टेरोन हार्मोन आवश्यक हुन्छ । यस्ता हार्मोन बढाउने औषधी सेवन गरेर समस्या समाधान गर्न सकिन्छ । यौनांगमा रक्त सञ्चार बढाउने औषधी पनि बजारमा पाइन्छ । चिकित्सकको सल्लाहमा यस्ता औषधी सेवन गर्न सकिन्छ । यसबाहेक, सेक्स थेरापिस्टको सेवा पनि लिन सकिन्छ । नियमित व्यायाम र सन्तुलित भोजन यौन रुचि जगाउन सहायक हुन्छन् ।
मन्त्रिपरिषद् विस्तार आज ।
श्रावण १०, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलब…Read More
मलेसियामाथि नेपालको अर्को शानदार जित९ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा…Read More