बलिउडका केही चर्चित स्क्याण्डलहरु जसका कारण यी सेलिब्रिटीहरु अझै बदनाम छन्
बलिउडमा चर्चा पाउन कहिलेकाही सेक्स स्क्याण्डलको समेत मदत लिने गर्छन् । तर, सबैमा भने त्यसो लागु हुदैन । केही सेलिब्रिटी भने स्टिङ अप्रेशनको सिकार भएका थिए भने कतिको एसएमएस भिडियो लिक भएको थियो । सेक्स स्क्याण्डल सार्वजनिक भएपछि कतिको करिअर धरापमा पर्यो भने कतिको अझै पनि बलिउडमा बलियो पकड रहेको छ । यस्ता सेक्स स्क्याण्डल बाहिर आएपछि बलिउडमा धेरै जना आश्चर्यमा परेका थिए । कति सोच्दै नसोचेका अभिनेता तथा निर्देशक समेत सेक्स स्क्याण्डलमा मुछिएका थिए ।
अस्मित पटेल र रिया सेन बलिउडमा कन्ट्रोभर्सीको कुनै पनि कमी रहेको छैन । सन् २००५ मा अस्मित पटेल र रिया सेनको सेक्स स्क्याण्डलले ठुलो चर्चा पायो । इन्टरनेटमा उनीहरुको भिडियो भाइरल भएको थियो । ९० सेकेण्ड लामो उक्त भिडियोले बलिउडमा उनीहरुको करिअर झण्डझण्डै धरापमा पारेको थियो ।
बिपासा बासु र अमर सिंह बिपासको जीवनमा पहिला आए डिनो मरिनो । त्यसपछि उनको जीवनमा आए जोन अब्रहाम । पुरुषहरुको कुनै कमी नरहेको बिपासको जीवनमा एउटा अनौठो स्क्याण्डलले ठुलो चर्चा पायो । राजनीतिज्ञ अमर सिंहको सेक्स सम्वादले ठुलो चर्चा पाएको थियो । पछि दुवैले यसबारे कुनै प्रतिक्रिया दिएनन् । सन् २०११ मा अमर सिंह र बिपासाले बलिउड तताउने काम गरेका थिए ।
अमन बर्मा कुनै समयका चर्चित टिभी एंकर तथा मोडल तथा सानो तथा ठुलो पर्दामा राम्रो नाम कमाएका अमन बर्मा एकाएक चर्चामा आए । फिल्मको प्रर्दशन कुरेर बसेकी नव नायिकामाथि उनको सम्वादले ठुलो चर्चा पायो । उनमाथि गरिएको स्टिङ अप्रेशनले उनको सेक्स स्क्याण्डलको भण्डाफोर समेत गरेको थियो ।
मधुकर भण्डारकर बलिउडका हस्तीहरु तब हेरेको हेर्यै भए जब बलिउडमा संधर्ष गरिरहेकी अभिनेत्री प्रिति जेनले उनीमाथि बलात्कारको आरोप लगाइन् । निर्देशक मधुर भण्डारकरले फिल्ममा काम लगाइ दिने आश्वसनमा आफुमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।
पायल रोहतगी र दिवाकर बेनर्जी फिल्ममेकर दिवाकर बेनर्जीले रियल लाइफलाई फिल्ममा उतार्ने काम फिल्म लब सेक्स वर धोकामा गरेका थिए । तर, उनीमाथि नै रियल आरोप लागेपछि बलिउडमा उनको पायलको ठुलो स्क्याण्डल मच्चिएको थियो । पायलले आफुमाथि शारिरीक शोषण गरेको आरोप उनीमाथि लागेको थियो ।
आदित्य पन्चोली एक्स्ट्रा मरिटल अफयेरमा चर्चा कमाउने अभिनेता हुन् आदित्य पन्चोली । पुजा बेदीकी १५ वर्षीय काम गर्ने नोकरानीलाई बलात्कार गरेको आरोप यी अभिनेतालाई लागेको थियो । पछि कंगना रणावतसँगको अफयेरले पनि आदित्य चर्चामा आएका थिए ।
सुभाष घाइ र मनिषा कोइराल न् १९९० को दशकमा मनिषा कोइरालाकी आमाले फिल्ममेकर सुभाष घाइ माथि शारिरीक रुपमा फाइदा लिन खोजेको आरोप बारम्बार लगाएकी थिइन् । तर, पछि यिनीहरुबिच प्याचअप भएको थियो । त्यस घटना पश्चात मनिषाले सुभाष घाइको फिल्ममा काम गरिनन् ।
ममता कुलकर्नी र राजकुमार सन्तोषी कुनै समय बलिउडमा राज गरेकी ममता कुलकर्नीले निर्देशक राजकुमार सन्तोषीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । उनले शारिरीक रुपमा फाइदा लिन खोजेको र विभिन्न बाहनामा यौन शोषण गर्न खोजेको आरोप लगाएकी थिइन् ।
स्वेता बसु प्रसाद सेक्स र्याकेटमा पछिल्लो समय यी अभिनेत्रीको नामले सबैलाई आश्चर्यमा पारेको थियो । फिल्ममा काम पाउन छोडेपछि यौन धन्दालाई अगालेकी यी अभिनेत्रीको केही वर्ष अघि पर्दाफास भएको थियो । बलिउडका धनीमानी देखि व्यापारीसम्म सम्बन्ध बनाएको स्विकारेकी यी अभिनेत्रीलाई केही समय रिमाण्डमा राखी छोडिएको थियो ।
साहिद कपुर र करिना कपुर सन् २००४ मा साहिद कपुर र करिना कपुरको एमएमएस भिडियो लिंक भएको थियो । उनीहरुको यस भिडियोले बलिउडमा तहल्का नै मच्चाएको थियो । बलिउडमा राम्रो करिअर स्थापित गरेका यी अभिनेता तथा अभिनेत्रीको यस भिडियोले धेरै समयसम्म चर्चा बटुलेको थियो ।
शक्ति कपुर स्टिङ अप्रेशनको सिकार भए शक्ति कपुर । फिल्म खेलाउने आशमा मोडलहरुसँग शारिरीक सम्बन्ध बनाउने गरेको रहस्य बाहिर आएपछि शक्ति कपुरको भण्डाफोर भएको थियो । उनलाई एक युवतीसँग आपतिजनक अवस्थामा फेला पारिएको थियो । पछि युवतीले फिल्ममा काम गराइदिने आशमा शक्तिले सेक्स प्रस्ताव गरेको रहस्य खुलाएकी थिइन् ।
मोरङमा एमालेलाई धक्काविराटनगर : ०५४ सालको स्थानीय निकाय निर्वाचनमा मोरङको एक उपमहानगरसहित करिब सबै गाविसमा सानदार विजयको झन्डा फहराएको एमालेले गणतन्त्रको पहिलो स्थानीय तह …Read More
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More