लाश पोलेको दाउराले शहरका चोक चोकमा यसरी पोलिन्छ मकै र सेकुवा

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौंको चोक चोकमा रहेका सेकुवा पसल र सडक छेउ बसेर मकै पोल्नेले पुशपतिमा लास जलाएका दाउरा प्रोग गर्ने गरेको देखीएको छ ।

काठमाडौंमा पाइने सेकुवा पसल र चोक चोकमा मकै पालेर बेच्नेले लाश जलाएर बाँकी रहेको दाउरा प्रयोग गरेको देखीन्छ ।

पशुपति आर्यघाटमा लाश पोलेर बाँकी रहेको कालो दाउराहरु काठमाडौंमा विभिन्न कामको लागि प्रयोग हुँदै आइरहेको छ । कतै दाउराकै रुपमा त कतै गोल तथा कोइलाको रुपमा । आर्यघाटमा लाश पोलेको दाउरा इट्टा भट्टा, सुन पसल, सेकुवा पसल र मकै पोल्नमा प्रयोग हुनेगरेको छ ।

यसरी हुन्छ दाउराको प्रयोग

मानिसको मृत्यु भएपछि पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कारको लागि पुर्याइन्छ । दैनिक ५० भन्दा माथिको संख्यामा लाशहरुको अन्त्यष्टि गरिन्छ पशुपति आर्यघाटमा र त्यही लाश जलाएर बाँकी भएका दाउराहरु विभिन्न रुपमा शहरका कुना कुनामा पुग्छ ।

जब लाश जलिसकेपछि त्यहाँका कर्मचारी र घाटेले बाँकी रहेको दाउरा खोलामा फालिदिन्छन् । आर्यघाट नजिक रहेका एक युवाहरुको समूहले त्यो दाउरा संकलन गरेर नदी पारी जम्मा पारेर राख्ने गरेको र विभिनन ईटा भट्टाका गाडीले उक्त दाउरा ओसार्ने गरेको पाईएको छ ।

जब त्यो दाउरा इट्टा भट्टामा पुग्छ त्यो कोइलाको रुपमा तयार पारिन्छ र विभिन्न प्रयोजनको लागि काठमाडौं र अन्य स्थानमा पठाइन्छ । यसरी तयार पारिने एक झोला कोइलालाई उनीहरुले ५० रुपैयाँभन्दा बढीमा बेच्ने गरेको पनि पाइएको छ ।

त्यहाँ उत्पादन भएका कोइलाहरु सुन पसल, सेकुवा पसल, मकै पोल्न र सुत्केरी महिला र बच्चालाई सेकाउन पनि प्रयोगमा आउने गरेको बतँईन्छ ।

इट्टा भट्टाका श्रमिकहरु र आर्यघाटमा दाउरा संकलन गर्ने युवाहरुले पनि सो आर्यघाटमा लाश पोलेर बाँकी रहेको दाउरा विभिन्न रुपमा सुन पसलदेखि सेकुवा पसलसम्म पुग्ने बताएका छन् यद्यपी सेकुवा पसल र मकै पोल्नेशरुले त्यो स्विकारेका छैनन ।


Related Posts: