मेरी आमा यौन कर्मी भए पनि मेरो लागी भगवान भन्दा ठुलो हुन्, उहाको छोरी हुन पाउनुमा मलाई गर्व छ

भिडियो सहित हेर्नुहोस !
Advertisement
के तपाईंले कहिले भगवान देख्नुभएको छ ? २३ वर्षीया तंजिला खातून डान्स ड्रामाको पूर्वाभ्यासमा जानुभन्दा पहिले यस्तो प्रतिप्रश्न गर्छिन् । प्रश्न गरेपछि उत्तर आफैं दिन्छिन्, ‘यो धर्तीमा लाखौं छोरीजस्तै मेरी आमा पनि मेरो लागि भगवान् हुन् । तर मेरो आमाको सम्मान म आफूमात्र गर्छु । संसारका अन्य मानिसहरुबाट उनले गाली खानुपर्छ किनभने उनी यौनकर्मी हुन् ।’
तंजिला डान्स ड्रामाको पूर्वाभ्यास गर्दा बिचमै नखसोस् भन्नका लागि उनले आफ्नो पाउजुको पुनः परिक्षण गर्छिन् । पश्चिम बंगालको २४ परगान जिल्लामा बस्ने तंजिलाले आफ्नो पढाई बिचमा नै छोड्नु पर्यो किनभने उनकी आमा यौनकर्मी हुन् भन्ने कुरा स्कूलले थाहा पायो ।कसैले उनी पूरबा पश्चिम पारा इलाकामा बस्ने स्कूललाई बताइदिएको थियो जुन रेड लाइट एरियाको लागि बदनाम छ । त्यसपछि उनीमाथि खिल्ली उडाइन सुरु भयो । ‘एक रातको कति लिन्छौ ?’ भन्ने प्रश्नको सामना गर्नुपर्यो । लगातार अपशब्द र अपमानको वर्षा भएपछि तंजिलाले प्रधानाध्यापकलाई यसबारे बताइन् ।

Related Posts: