फेरियो राजपा नेताको व्यवहार

भिडियो सहित हेर्नुहोस !
Advertisement


भैरहवा : ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब मधेसको विकासका लागि भोट माग्न आएका छौं', सिद्धार्थनगर नगरपालिकाका मेयर प्रत्याशी एवं राष्ट्रिय जनता पार्टीका समर्थक रामअवध गुप्ताले भन्नुभयो । ‘बुलेट' र आन्दोलनबाट मधेसमा परिवर्तन ल्याउन नसकेकाले ‘ब्यालेट'मा होमिएको उहाँले बताउनुभयो ।

‘अब जे गर्छ, जनताको भोटले गर्छ', उहाँले भन्नुभयो । सामाजिक सद्भाव बिथोल्ने, मधेसी-पहाडी, जातभातको कुरा गरेर जनतालाई आपसमा लडाउने खेल सबै पक्षले सदाका लागि छोड्नुपर्ने उहाँको भनाइ छ । ‘अब सबैले पुरानो घाउ बिर्सेर मिलिजुली विकासको क्रान्तिमा लाग्नुपर्छ', उहाँले थप्नुभयो। पहिला चर्को स्वरमा साम्प्रदायिक कुरा गर्ने उहाँ अहिले मिजासिलो बनेर जनताको घरदैलोमा भोट माग्दै हिँड्नुभएको छ । सबै पक्षसँग सहयोगका लागि आग्रह गरिरहनुभएको छ ।

सिद्धार्थनगरमा उहाँसँगै कांग्रेसका मातृकाप्रसाद यादव, एमालेका हरि अधिकारी, राप्रपाका सागरप्रताप राणा, माओवादीका फैजअहमद खाँ, संघीय समाजवादी फोरमका अर्जुन जयसवाल, नेपाल लोकतान्त्रिकका पुनम अग्रवाललगायत दशजनाको उम्मेदवारी परेको छ । राजपाका तीन सयभन्दा बढी स्थानीय कार्यकर्ता स्वतन्त्र रूपमा उम्मेदवारी दिई रामअवधकै शैलीमा भोट माग्न व्यस्त छन् । असार ४ गतेअघि र अहिले उनीहरूको बोली र व्यवहार ठ्याक्कै उल्टिएको छ ।

Related Posts: