हरेक समय गलत बिषयमा चर्चामा ल्याईने बिना मगरले सामाजीक काममा पनि आफुलाई अब्वल साबित गरेकी छन् । भारतीय दुधुवा नेसनल पार्कबाट आउने हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार उनैको पहलमा गरिएको छ । बर्सेनी दुधुवा नेसनल पार्कबाट आउने हात्तीको झुन्डले स्थानीय किसानले लगाएको गहुँ, धान, उखु, मकै र तरकारी बालीमा नोक्सानीसँगै घर भत्काउने र मानवीय क्षतिसमेत गर्न थालेपछि नेकपा ९माओवादी केन्द्र०का बिना मगरको पहलमा विद्युतीय तारबार गरिएको हो । तारबारका लागि शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट पाँच लाख, स्थानीय किसानको एक लाख ५० हजार र जनजागरण सामुदायिक वन उपभोक्ता समूहको ५० हजार गरी जम्मा सात लाख रुपैयाँको बजेटमा सोलार प्यानल, इन्भर्टर र तार खरिद गरी माओवादी कार्यकर्ताको श्रमदानमा विद्युतीय तारबार राख्ने कार्य पूरा गरिएको निर्माण समितिका अध्यक्ष तुलसिंह सुनारले बताए । तारबार गरिएपछि हात्ती नियन्त्रणमा टेवा पुग्ने उनले बताए ।
बझाङमा ४.१ रेक्टर स्केलको भूकम्पकाठमाडौं, जेठ १७ – बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको …Read More