ब्रह्माले संसार सृष्टि गरेको स्थान कुशेश्वर महादेव

भिडियो सहित हेर्नुहोस !
Advertisement


कुशेश्वर महादेव सिन्धुली जिल्लास्थित निकै प्रसिद्ध मन्दिर हो । केही पौराणिक ग्रन्थहरूमा ब्रह्माले यहीँबाट संसार सृष्टि गरेको कुरा उल्लेख छ । महादेव मन्दिर नजिकै विश्वामित्र गुफा छ । जहाँ प्राचीन समयमा विश्वामित्र ऋषिले तपस्या गरेका थिए । त्यसबाट डराएर इन्द्रले उनको तपस्या भंग गर्न मेनकालाई पठाएका थि

'ए। सुनकोशी नदीको नजिकै पर्ने यो महादेव मन्दिरमा बाह्रै महिना भक्तजनको घुइँचो लाग्छ ।

पछिल्लो समय सोमबार कुशेश्वरमा विशेष मेला लाग्दछ । शिवको विशेष पूजा गरिने तीज आदि पर्वहरूमा त यहाँ पाइला राख्ने ठाउँ पनि हुँदैन । बनेपा (बर्दिबास सडकको नजिकै पर्ने यो महादेव मन्दिर काठमाडौंबाट ८४ किलोमिटर दक्षिणपूर्वमा छ ।देवाधिदेव महादेवका नामले चिनिने भगवान् शंकरलाई आशुतोष, शिवजी, भोलेनाथ, भूतेश्वर, महाकाल, सोमेश्वर, महेश आदि नामले चिनिन्छ। सबैभन्दा पहिले शिवजीलाई नाम दिने ब्रह्मा हुन् भन्ने मान्यता छ। त्यतिबेला उनले शिवलाई रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान एवं महादेव गरी ८ नामले सम्बोधन गरेका थिए । शिव त्यत्तिकै देवाधिदेव भएका होइनन्, हाम्रा वेदपुराणहरूमा शिवलाई कल्याणणकारी ईश्वरको स्थान दिइएको छ। आइन्स्टाइनभन्दा अघि शिवले नै भनेका थिए कि कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण कुरा हो । हामी जस्तो कल्पना र विचार गर्छौं आफू पनि हुन्छौं । शिवले यही आधारमा ध्यानका थुप्रै विधि विकास गरेका थिए। यो धर्तीमा सर्वप्रथम शिवले नै जीवनको प्रचारप्रसार गरेका हुनाले उनलाई आदिदेव, आदिनाथ वा आदीश पनि भनिन्छ ।

शिवको प्रमुख अस्त्र त्रिशूल हो जसले आध्यात्मिक, आधिदैविक एवम् आधिभौतिकजस्ता तीन प्रकारका दुखको विनाश गर्छ। यसमा सत्व, रज र तम वा इलेक्ट्रो, प्रोटोन र न्यूट्रनजस्ता तीन शक्ति भएको विश्वास गरिन्छ । शिवलाई आदिगुरु एवं योगका प्रवर्तक मानिन्छ। शिवका प्रमुख शिक्षा सूत्रात्मक रूपमा विज्ञान भैरव तन्त्र नामक ग्रन्थमा पाइन्छ जुन ग्रन्थको सूत्र शिवद्वारा पार्वतीलाई प्रदान गरिएको शिक्षाको संकलन हो। यसबाहेक उनको शिव संहिता नामक महत्वपूर्ण ग्रन्थ पनि छ भने तन्त्रका अनेकौं ग्रन्थमा उनको शिक्षा विस्तार भएको छ । यस्ता शिवलाई ज्योतिर्लिङ्गका रूपमा पूजा गर्नु कुनै नौलो कुरा होइन। नेपाललाई शक्तिभूमि भनिन्छ र नेपालका हरेक शक्तिपीठमा शक्तिसँगै शिवको पनि पूजा हुन्छ। शक्ति सदैव शिवसँगै रहने भएकाले शिवपूजाबिना शक्तिपूजा पूर्ण हुँदैन। त्यसैले नेपालमा असंख्य शिवमन्दिर छन्। ती हरेकका आ(आफ्नै विशेषता छन् र हरेकसित छुट्टाछुट्टै रोचक किंवदन्तीहरू पनि गाँसिएका छन् ।

Related Posts: