खासमा ढाडमा रहेको प्राकृतिक रेखाले बिजुली प्रवाहको काम गर्छ । यो रेखा दाहिने काँधदेखि कम्मरसम्म रहेको हुन्छ । अत्यन्त सूक्ष्म यो नैसर्गिक रेखाको स्वरूप लज्जावती झार जस्तो हुन्छ । रेखा भन्नाले यहाँ नसालाई इंगित गर्न खोजिएको हो । यो नसा संकुचित अवस्थामा रहँदा मानिसले काम क्रोध आदि विकारहरूको सीमा नाघ्न पाउँदैन । तर जनैको पवित्र धागो धारण गर्दा विकारबाट मुक्ति पाउन मद्दत पुग्छ ।
वैदिक परम्परा अनुसार सुतीबाट बनेको पवित्र धागो लगाउने व्यक्ति यज्ञ र पूजनका विधानमा अधिकार प्राप्त गर्छ । यज्ञोपवीत विशेष विधिबाट बनाइएको हुन्छ र यसमा सात ग्रन्थि हुन्छन् । ब्राह्मणहरूको यज्ञोपवीतमा ब्रह्मग्रन्थि हुन्छ । तीन सूत्र भएको यो जनै गुरुदीक्षापछि सदा धारण गर्नुपर्छ । तीन सूत्र हिन्दु त्रिमूर्ति ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक हो ।
ब्रह्मचारीले तीन धागो भएको अनि विवाहितले ६ धागो भएको जनै लगाउनुपर्छ ।
किन बेर्ने त कानमा ? शास्त्रहरूमा दाहिने कानको महात्म्य वर्णन गरिएको छ । आदित्य, वसु, रुद्र, वायु, अग्नि, धर्म, वेद, आप, सोम र सूर्य लगायतका देवताहरू दाहिने कानमा बस्छन् । दाहिने हातले दाहिने कान स्पर्श गर्दा मात्र पनि आचमन गरेको फल प्राप्त हुन्छ । त्यसैले शौचका बेला जनै जस्तो पवित्र वस्तु दाहिने कानमा राख्दा अशुचित्व आउन पाउँदैन ।
शास्त्रमा भनिएको छ, यथानिवीनी दक्षिणकर्णे यज्ञोपवीतं कृत्वा मूत्रपुरीषे विसृजेत् । यसको अर्थ हुन्छ, दिसापिसाब गर्ने समयमा दाहिने कानमा जनै राख्नु जरूरी हुन्छ । हातगोडा धोएर कुल्ला गरेपछि मात्र जनै कानबाट निकाल्नुपर्छ । यो किन गरिएको हो भने शरीरमा नाइटोमाथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ भने नाइटोमुनिको भाग अपवित्र । दाहिने कानलाई यत्तिको महत्व दिनुको वैज्ञानिक कारण के हो भने यस कानको नसासँग जननेन्द्रिय र अण्डकोषको अभिन्न सम्बन्ध छ । पिसाब फेर्दा वीर्यपतनको पनि सम्भावना हुन्छ । त्यसैले पिसाब गर्दा जनैलाई कानमा घुसारेमा वीर्यनाश हुन पाउँदैन । लगातार स्वप्नदोष भयो भने पनि दाहिने कानमा जनै बेर्दा समस्या समाधान हुन्छ ।
दिसापिसाब गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नुपर्छ । कानको पछाडि हुने दुईवटा नसाको सम्बन्ध आन्द्राहरूसँग हुन्छ । यसरी कानको नसा कस्दा आन्द्रामा दबाब पर्छ र फुलाउँछ अनि दिसा सहजै निस्कन्छ । दिसापिसाब गर्दा शरीरको महत्वपूर्ण द्रव्य पनि निस्कन खोज्छ तर कानमा जनै बेर्दा त्यो द्रव्यको वेग रोकिन्छ । यसले गर्दा कब्जियत, अम्लीयता, पेटका रोग, पिसाबसम्बन्धी रोग, रक्तचाप समस्या, मुटुरोगहरू लाग्न पाउँदैनन् ।
जनै लगाएपछि नियममा बाँधिनुपर्छ । मलमूत्र त्यागेपछि तत्कालै जनै कानबाट खोल्नुहुँदैन । पहिला राम्ररी सफा हुनुपर्छ अनि मात्र जनै उतार्नुपर्छ । यो सफाइले व्यक्तिलाई रोगबाट बचाउँछ । यति सबै भनिरहँदा एउटा प्रश्न भने उठ्छ । पुरुष त्यो पनि व्रतबन्ध गरेको व्यक्तिले जनै लगाएर विभिन्न फाइदा लिन्छ भने नारी र जनै नलगाउने जातिका व्यक्तिका लागि के हो त विकल्प ? पञ्जाब केशरी
कागतीका अदभूत गुणहरू थाहा पाइ राख्नुसकागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्…Read More
अनुहारको कालो पोतो सजिलै हटाउने उपायछाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । छालाको रंग चम्किलो खालको हुन्छ । स्वस्थ छाला र अस्वस्थ छाला…Read More