कतारको बर्तमान अवस्था र त्यहा रहेका नेपाली फिर्ता पठाउने/नपठाउने बारे कतारस्थित नेपाली दुतावासको यस्तो आयो धारणा

भिडियो सहित हेर्नुहोस !
Advertisement


खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरूले परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई दिएका छन् ।

‘यो सुन्नी मुस्लिम बाहुल्य खाडी मुलुकहरूको नितान्त आन्तरिक मामिला हो । अहिले हाम्रा नागरिकलाई कुनै भौतिक असुविधा तथा असुरक्षा छैन,’ खाडीस्थित नेपाली दूतावासहरूले परराष्ट्रलाई दिएको जानकारीमा उल्लेख छ, ‘गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) बीच यस्ता समस्या यसअघि पनि आएको र समाधान भएको उदाहरण छन् । त्यसैले हतारिन हुँदैन ।

हामी अध्ययनमा नै छौं ।’ समस्या समाधान गर्न खाडी मुलुकबीच आन्तरिक रूपमा पहल भइरहेको पनि परराष्ट्रलाई जानकारी दिइएको छ ।

खाडी मुलुकस्थित दूतावास स्रोतहरूका अनुसार जीसीसी मुलुकमा नेपाली, भारतीय, बंगाली, पाकिस्तानी, श्रीलंकन नागरिकहरू वैदेशिक रोजगारी तथा व्यवसायीमा संलग्न छन् । कतारमा भारतीयपछि नेपालीको संख्या बढी छ ।

अहिले कतारमाथि नाकाबन्दी भएकाले त्यहाँमात्र समस्या हुन सक्छ । तर, अरू खाडी मुलुकमा समस्या छैन । ती खाडी मुलुकका कूटनीतिक नियोगका प्रमुखहरू आफ्ना नागरिकको अवस्थाबारे त्यहाँको सरकार र आपसमा समेत छलफल गरिरहेका छन् ।

‘जीसीसीको आन्तरिक समस्याले तत्काल विदेशी नागरिकलाई त्यहाँ कुनै असर गर्दैन । खाद्यान्न संकट हुने जस्ता विषयमा सत्यता छैन । यो समस्या लम्बिने अवस्था देखिएको छैन ।

त्यो अवस्था आए मात्र हामीले सोच्नुपर्छ,’ खाडीमा रहेका दक्षिण एसियाली मुलुकका राजदूतहरूको बुझाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेपाली दूतावासहरूले सम्भावित चुनौतीबारे खाडी मुलुकमा कामदार रहेका अन्य मुलुकसित छलफल भइरहेको जानकारी परराष्ट्रलाई पठाएका छन् ।‘खाडी मुलुकहरूमा एकले अर्काप्रति गर्ने व्यवहार र आत्मसम्मानमा अन्तरनिहित यो समस्या आन्तरिक रूपमा नै समाधान हुनेछ,’ विज्ञहरूलाई उद्धृत गर्दै उनीहरूले पठाएका छन् ।

यो विषयमा तत्काल जनशक्ति उपलब्ध गराउने मुलुक सामेल हुनुहुँदैन भन्दै विवादित मुलुकहरूबीचमै हुने संवादबाट यो समाधान हुने संकेत पाइएको दाबीसमेत नेपाली कूटनीतिज्ञहरूको छ । ‘हामी निरन्तर छलफलमा छौं । मन्त्रालयबाट आएको निर्देशनअनुसार अघि बढेका छौं ।

कतार सरकार र कतारमा रहेका अरू मुलुकका राजदूतहरूसँग छलफलमा छौं,’ कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले टेलिफोनमा भने, ‘कतार सरकारसँग मात्र होइन हामी दक्षिण एसियाली मुलुकका राजदूतबीच पनि छलफल र सम्पर्कमा छौं ।’

कतारको अवस्था सामान्य रहेको बताउँदै उनले भने, ‘नेपालीहरूलाई कुनै समस्या आएमा हामीले दूतावासको नम्बर विभिन्न माध्यमबाट सर्कुलर गरेका छौं ।’ कुनै पनि समयमा फोन उठ्नेछ ।

Related Posts: