उत्तर कोरियाका ह्याकरले दक्षिण कोरियाको महत्वपूर्ण सैन्य दस्तावेज चोरी गरेको खुलासा भएको छ । ती दस्तावेजमा उत्तर कोरियाली नेता किम जोङ–उनको हत्या योजनाका साथै अमेरिका र दक्षिण कोरियाले तयार पारेको युद्धको योजना समेत रहेको बताइएको छ । दक्षिण कोरियाका सांसद रि सियोल–हीले रक्षा मन्त्रालयबाट प्राप्त भएको भन्दै सो सूचना सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । उनका अनुसार २ सय ३५ गिगाबाईटको सैन्य दस्तावेज चोरी भएको हो । उत्तर कोरिया सरकारले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाली ह्याकरले गत सेप्टेम्बरमा ती दस्तावेज चोरी गरेका थिए । यसअघि मेमा दक्षिण कोरियाले ठूलो मात्रामा डाटा चोरी भएको बताएपनि यसबारे बिस्तृतमा खुलाएको थिएन । उत्तर कोरियामा विशेष तालिमप्राप्त ह््याकरहरु रहेको अनुमान गरिएको छ
अदालतको फैसला दुर्भाग्यपूर्ण’ : एमाले क्तपुर, १६ साउन । नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विवादमा सर्वोच्च अदालतले गरेको पुनःमतदान गर्ने भनी दिएको फैसला दुर्भाग्यपूर्ण…Read More