भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कोला इन्डष्ट्रिलाई मज्जाले झड्का दिएका छन् । उनले कोलाको विज्ञापन गर्न अस्विकार गरेका छन् । वास्तवमा, चीनी र कार्बोनेटेड पेय पदार्थले स्वास्थ्यमा पुर्याउने खतरा बिच विराटले यस्तो निर्णय गरेका हुन् । विराट पछिल्लो ६ वर्षदेखि पेप्सीसँग जोडिएका छन् । सम्झौता समाप्त भएपछि पेप्सीले उनीसँगको सम्झौता अगाडि बढाउन चाहेको थियो ।
बेलायतमा आइसीसी च्याम्पियन्स ट्रफी खेलिरहेका विराटले एक च्यानलसँग भने, ‘योभन्दा हिले मैले जुन कुरा अपनाएँ, म त्यसको नाम लिन चाहन्नँ, तर मलाई लाग्छ कि अब म आफूलाई त्योसँग जोड्न सक्दिनँ । यदि म आफू नै यी कुराहरु खान र पिउन सक्दिनँ भने आफ्नो कमाईको लागि मात्र मानिसलाई कसरी खान र पिउन सल्लाह दिन सक्छु ?’
विराट अहिले १८ ब्रान्डसँग जोडिएका छन् जसमध्ये एमआरएफ टायर्स, टिसोट वाच, प्यूमा स्पोर्ट्स गियर, कोलगेट ओरल केयर, ओडी कार्स र स्यामसनाइट लगेजजस्ता ब्रान्ड समावेश छन् ।
सीमामा समस्यै समस्या जेष्ठ ८, २०७४- ‘हामीलाई न बैंकले ऋण दिन्छ, न त बालीनालीको बिमा हुन्छ, न सहज ढंगले बस्न पाउने वातावरण छ,’ कञ्चनपुरको पुनर्वास नगरपालिकाका केशवप्रसाद ति…Read More